मोदीले ओलीलाई भेट्न आफ्नो बेडरुममै बोलाए,के-के हुदैछ ओली-मोदीको एकान्त वार्तामा



हाम्रो इकोनोमि

भारतको तीन दिने राजकीय भ्रमणमा पुगेका प्रधानमन्त्री ओलीले आजै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन्। प्रधानमन्त्री ओली साँझ पौने ७ बजे मोदीलाई भेट्न लोक कल्याण मार्गस्थित भारतीय प्रधानमन्त्री निवासमा पुग्ने छन्। भारतीय प्रधानमन्त्रीको निवासलाई पहिले सेभेन, रेस कोर्स रोड भनिन्थ्यो। अहिले भने त्यसको नाम परिवर्तन गरेर लोक कल्याण मार्ग राखिएको छ।

भारतको विदेश मन्त्रालयले उपलब्ध गराएको मिडिया एडभाइजरी अनुसार प्रधानमन्त्री ओलीले साँझ सवा ५ बजेको नेपाली दूतावासले आयोजना गर्ने नेपाली समुदायसँगको अन्तक्रिया सकेर मोदीलाई भेट्न उनको निवासमा पुग्ने छन्।

दुई देशबीच प्रतिनिधि मण्डलस्तरीय वार्ता हैदरावाद हाउसमा भोलि बिहान सवा ११ बजे मात्रै हुनेछ।

तीन दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका ओलीलाई त्यहाँ भारतका गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए। त्यसलगत्तै प्रधानमन्त्री ओलीले होटल ताजको डिप्लोमेटिक इन्क्लेभमा त्यहाँका व्यापारीहरुसित शुक्रबार पौने १ बजे भेट्ने कार्यक्रम थियो।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...