जेलमा पाएको कम्बल ओढेर निदाउन सकेनन् सलमान,उठ्दै बस्दै यौन व्यभिचारीसंग गफ गरेर रात बिताए



बलिउड अभिनेता सलमान खानले बिहिवार जेलमा रात काटेका छन् । उनि धरौटिमा छुट्ने प्रकृयामा छन् । सलमान बिहिवारको रात निदाउन सकेकन् । जेल भित्र उनि कहिले उभिने त कहिले बसेर सोच्ने गर्दथिए । उनि ३.३० बजे मात्र विस्तारमा ढल्किएका थिए । साथै ८ बज्न साथ उनि उठे ।

जोधापुर जेलका एसपी विक्रम सिंहका अनुसार सलमान र असाराम बापुबीच रातमा कुराकानी भएको छ । सलमानलाई कैदि नम्बर १०६ दिएर वर्ड नम्बर २ मा राखिएको छ । सलमानको ठिक अगाडिको वर्डमा नाबालिग छात्राको यौन उत्पीडन आरोपमा जेल परेका आसाराम बापु रहेका छन् । राती दुवैबीच एक आपसमा कुराकानी भएको हो ।

एसपी विक्रम सिंहका अनुसार भुइमा सुत्नको लागि सलमानलाई चारबटा कम्बल दिइएको छ । उनले भने ‘सिलिङमा दुई पङ्खा लगाइएको छ ।’ कारागार जानु पहिले सलमाले ट्वाइलेट र गिजरको व्यव्थाको विषयमा सोधेका थिए ।

विहान कारागारको तालिका अनुसार उनलाई चनाको दाल, बन्दाकोपि र रोटि दिइएको थियो । तर सलमानले खान अस्विकार गरे ।
बीस बर्ष पुरानो दुई कालो हरिण शिकारको आरोपमा सलमान खानलाई बिहिवार जोधापुरको एक अदालतले दोषि ठहर गर्दै पाँच बर्ष जेल सजाय र दश हजार रुपैयाँ जरिवना सुनाएको थियो । मुख्य न्याायाधिश देवकुमार खत्रीले उनलाई दोषि ठहर गर्दै सो निर्णय सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस
दिल्लीका मुख्यमन्त्री केजरीवाल रिहा

    भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा

राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिँदै

    राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिने भएका छन्

एमाले संसदीय दलको बैठकमा सुहाङ

    इलाम २ मा भएको उपनिर्वाचनबाट निर्वाचिन एमाले सांसद सुहाङ नेम्वाङ पहिलो

१० सीट भएको पार्टीले के प्रधानमन्त्रीको कुरा गर्नु : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार