ओलीलाई भेट्न हतारिए मोदी,भोली मात्र भेट्ने कार्यक्रम आजै सारे यसरी साँझ हुने भयो गोप्य वार्ता



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज एकान्त वार्ता हुने भएको छ । भारतीय समय अनुसार साँझ ६ः३० बजे प्रधानमन्त्री निवास ७ लोककल्याण मार्गमा उनीहरुबीच भेटवार्ता तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । ओली र मोदी नेतृत्वको प्रतिनिधमण्डलस्तरीय औपचारिक वार्ता भने शनिवार विहान ११ः३० बजे हैदरावाद हाउसमा हुनेछ ।

यसअघि गत ७ भदौमा राजकीय भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीबीच पनि साँझ एकान्त वार्ता भएको थियो । तर उक्त वार्ताको सूची सार्वजनिक भएको थिएन । औपचारिक वार्ताअघि दुई प्रधानमन्त्रीको वार्तालाई महत्वसाथ हेरिएको छ ।

मोदीसँग भेटवार्ताअघि प्रधानमन्त्री ओली भारतीय उद्योगी व्यवसायीसँग पौने १ बजे नेपालमा लगानीको सम्भावनाबारे बृहत अन्तरक्रियामा सहभागी हुनेछन् । भारतीय विदेश मन्त्रालयको आर्थिक कूटनीति महाशाखाको संयोजनमा तथा भारतीय उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र अशोचामको संयुक्त आयोजनामा दिवाभोजसहित कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारी पनि सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीले साँझ सवा ५ बजे बाह्रखम्बारोडस्थित नेपाली दुताबासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ । एमाले, माओवादी, कांग्रेस र जनमोर्चासम्वद्ध प्रबासी नेपाली संगठनले दिने ज्ञापनपत्र प्रधानमन्त्रीले लिने छन् भने उनीहरुलाई सम्बोधन पनि गर्नेछन् ।

नेपाली दुताबासले प्रधानमन्त्रीको सम्मानमा अपरान्मह ७ः३० बजे आयोजना गर्ने रात्रीभोजमा उनी सरिक हुनेछन् । रात्रीभोजमा दिल्लीस्थित कूटनीतिक र राजनीतिक समुदाय सहभागी हुनेछन् ।

रात्रीभोजअघि प्रधानमन्त्रीलाई भारतीय राष्टिय कंग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेताले राष्टपति भवनमा भेटवार्ता गर्ने विदेश मन्त्रालय स्रोतले बतायो । त्यही दिन भारतीय कम्युनिष्ट पार्टी माक्र्सबादीका महासचिव सीताराम यचुरी, पूर्व सांसद डीपी त्रिपाठी लगायत साना दलका नेताले पनि प्रधानमन्त्रीलाई ले भेट्ने कार्यक्रम छ ।

शनिवार विहान प्रधानमन्त्री ओलीलाई राष्टपति भवनमा उच्च सैनिक गारत (गार्ड अनर ) दिनुअघि भारतका समकक्षी नरेन्द्र मोदीले स्वागत गर्नेछन् । शनीवारै प्रधानमन्त्रीले भारतका राष्टपति रामनाथ कोविन्द तथा पराष्टपति बैंकया नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मोदीसँग विहान राष्टपति भवनमा एकपटक र हैदरावाद हाउसमा दुईवटा बेग्लाबेग्लै वैठक, संयुक्त पत्रकार सम्मेलन र दिवाभोजमा प्रधानमन्त्रीको भेट हुनेछ ।

प्रधानमन्त्रीको कार्यक्रम

चैत २३ शुक्रवार
० विहान पौने ११ बजे दिल्ली अवतरण
० पौने १ बजे होटल ताज प्यालेसमा इन्डिया नेपाल विजनेस समिटमा सहभागी
० साँझ सवा ५ बजे नेपाली दुताबसामा नेपाली समुदायसँग अन्तरक्रिया
० साँझ ६ः३० मा प्रधानमन्त्री मोदीसँग उनको निवास ७ लोक कल्याण मार्गमा भेटवार्ता
० नेपाली दुताबासद्धारा होटल इम्पेरियलमा आयोजित रात्रीभोजमा सहभागी

चैत २४ गते शनिवार
० विहान ९ बजे राष्टपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सन
० साँढे ९ बजे राष्टपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट
० सवा १० बजे विदेशमन्त्री सुष्मा स्वराजद्धारा शिष्टाचार भेटवार्ता
० ११ बजे महात्मा गान्धीको समाधीस्थल राजघाटमा द्धिप प्रज्वलन
० साँढे ११ बजे हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवाता
० सवा १२ बजे रिमोटद्धारा वीरगञ्जस्थित एकीकृत जाँचचौकी उद्घाटन र प्रेस ब्रिफिंग
० साँझ ६ बजे उपराष्टपति बैंकया नायडुसँग शिष्टाचार भेट
० साढे ७ बजे गृहमन्त्री राजनाथ सिंहद्धारा शिष्टाचार भेट
० साँझ इन्डिया फाउण्डेशनको कार्यक्रममा सम्बोधन

चैत २५ गते आइतवार
० विहान उत्तराखण्डको ब्रिडर सिड प्रोडक्सन सेन्टर, एकीकृत कृषि परियोजनाको निरिक्षण, १ बजे गान्धी हलमा मानार्थ विद्यावारिधीको प्रमाणपत्रद्धारा सुशोभित हुने,
० दिल्ली हुँदै ६ बजे स्वदेश फिर्ता

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...