भारतीय भूमीमा यसरी तीन दिन बिताउदैछन् नेपालका राष्ट्रवादी प्रधानमन्त्री ओलीले,कार्यक्रमको सुची यस्तो छ



नेपालको शिर झुकाउने काम कहिल्यै पनि नगर्ने प्रतिद्धता जनाउँदै भारतीय राजकीय भ्रमणमा शुक्रबार नयाँ दिल्ली आउन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक कार्यक्रम शनिबार हुने भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि मात्रै सुरु हुने छ।

त्यस समयमा प्रधानमन्त्री ओलीले मोदीसँग सबैभन्दा धेरै समय व्यतीत गर्ने छन्। उनको मोदीसँग विभिन्न विषयलाई लिएर तीनपटक भेट हुने छ।

त्यसअघि नै प्रतिपक्षी राजनीतिक दलका नेता विशेषगरी, भारतीय कांग्रेसका आईका अध्यक्ष राहुल गान्धीसँग भेट हुने सम्भावना छ।

शुक्रबार बिहान १०ः ४५ मा नेपाल वायुसेवा निगमको विमानबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै दिनभरि नै व्यस्त रहे पनि उनी भारतसँगको औपचारिक कार्यक्रममा शनिबार मात्रै सामेल हुने भएका हुन्।

शनिबार बिहान प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गरेपछि भारत सरकारले गार्ड अफ अनर दिने छ उनलाई। र, उनले महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर पुष्पगुच्छा चढाएपछि मात्रै औपचारिक वार्ता सुरु गर्ने छन्।

भारतीय प्रधानमन्त्री मोदीद्वारा दिइने दिवाभोजपछि पनि प्रधानमन्त्री ओलीले मोदीसँग भेट वार्ता गर्ने छन्।

त्यसक्रममा वीरगञ्जको अलौस्थित संयुक्त भन्सार जाँचचौकी (आइसीपी) को उद्घान र ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको ओली र मोदीले संयुक्त रुपमा स्वीच अन गर्ने कार्यक्रम तय भएको छ।

त्यसपछि फेरि प्रधानमन्त्री ओली र भारतीय प्रधामन्त्रीमोदीबीच छलफल हुने छ। त्यो छलफल नेपाल र भारतबीच यसअघि भएको सम्झौताहरु कार्यान्वयन र सम्बन्धलाई नयाँ ढंगबाट कसरी लैजाने भन्नेमा केन्द्रित हुने छ। उक्त छलफलपछि भारतीय पक्षले नेपाललाई कुनै सहयोगको घोषणा गर्नसक्ने सम्भावना छ।

त्यसलगत्तै प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्रीले दिवाभोज दिने छन्। दिवाभोजपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकया नायडुलाई क्रमश: भेट गर्नेछन्।

त्यसपछि प्रधानमन्त्री ओलीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजलगायत मोदी मन्त्रीमण्डलका सदस्यले भेट गर्ने छन्।

प्रधानमन्त्री ओलीले भारत आउनुपहिले संसदमा विगतका प्रतिवद्धता र सम्झौता छिटो कार्यान्वयमा भ्रमण केन्द्रित हुने बताएका थिए।
उनले कार्यान्वयनमा ढिलाइ भएका भारतसँगको विगतका सम्झौता पञ्चेश्वर बहुउद्देश्य आयोजना कार्यन्वयनमा जोड दिने र त्यसका लागि डिपिआरलाई अन्तिम रुप दिन भारतसँग विशेष छलफल गर्ने, भारतले गरेको पुनर्निर्माणको प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गर्ने, रेलमार्गको विकास र विस्तार गर्ने र जलमार्गको विषय उठाउने, ग्यास बुलेटको समस्या अन्त्य गर्ने, हुलाकी राजमार्ग निर्माण गर्न जोड दिने, उर्जा, स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग कायम राख्ने, कृषिको आधुनिकीकरणमा साझेदारी गर्ने जस्ता एजेण्डा बोकेर भारत जान लागेको बताएका थिए।

एक वर्ष अघिको नोट बन्दीका कारण नेपालका बैँकमा थुप्रिएको भारतीय पाँच सय र एक हजारको नोट (करिब तीन करोड ३२ लाख) सटही गर्ने एजेण्डा पनि प्रधानमन्त्री ओलीको छ।

शुक्रबार बिहान प्रधानमन्त्री ओली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सिधै राष्ट्रपति भवनमा पुग्ने छन्। र, एकै छिनको आरामपछि उनले करिब १२:४५ मा भारतीय विदेश मन्त्रालय, फिक्कीसिआईआई र अशोचमले संयुक्त रुपमाआयोजना गर्ने इन्डिया नेपाल विजनेस फोरमलाई होटल ताज पुगेर सम्बोधन गर्ने छन्।

त्यस क्रममा प्रधानमन्त्री ओलीले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आव्हानगर्ने बुझिएको छ।

नेपालमा भर्खरै जारी गरिएको श्वेतपत्रका कारण निराश बनेका यहाँका व्यवसायीले नेपालमा लगानीको वातावरण र सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने माग प्रधानमन्त्री समक्ष राख्ने बुझिएको छ।

त्यसपछि ५:३०मा प्रधानमन्त्री ओली भारतस्थित नेपाली समुदाय तथा नेपाली राजदूतावासद्वारा आयोजित भेटघाट कार्यक्रमलाई सम्वोधन गर्न राजदूतावास पुग्नेछन्। त्यहाँ नेपाली समुदायले भारतमा बस्दा, व्यापारव्यवसाय गर्दा वा अध्ययन गर्दा भोग्नुपरेको पीडा प्रधानमन्त्री ओली समक्ष व्यक्त गर्ने बुझिएको छ।

करिव ७ः३० बजे प्रधानमन्त्री ओली उनलाई सम्मानस्वरुप नेपाली राजदूतावासले दिने रात्रिभोजमा सामेल हुन द इम्पिेरियल प्लेसमा पुग्ने छन्।

त्यही समयमा उनले भारतका प्रतिपक्षी नेतारुसँग पनि भेट गर्ने छन्। त्यसपछि प्रधानमन्त्री ओली वासस्थान राष्ट्रपतिभवन फर्कने छन्।

शनिबारको औपचारिक कार्यक्रमपछि आइतबार बिहान प्रधानमन्त्री ओली विशेष विमानबाट उत्तराखण्डस्थित डा. गोविन्दबल्लभ कृषि तथा प्रविधि विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा सहभागि हुने छन् र उक्त विश्वविद्यालयले त्यहाँ उनलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने छ। र, उनी सोही विमानमा दिल्ली आएर स्वदेश फिर्ती हुने छन्।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र