दिल्लीमा प्रधानमन्त्री ओलीले कोशी नदीमा जहाज सञ्चालन गर्ने सहितका यस्ता-यस्ता सम्झौता गर्दैछन?



प्रधानमन्त्री केपी शर्मा ओली करिब ४० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (शुक्रवार) विहान नेपाल एयरलाइन्सको नियमित उडानबाट भारतको राजकीय भ्रमणमा जादैछन्। दिल्ली ओर्लेलगत्तै ओली तीनवटा कार्यक्रममा सहभागी हुनेछन् भने उनलाई तीनवटा राजनीतिक प्रतिनिधिमण्डलले भेटवार्ता गर्नेछ । प्रधानमन्त्रीलाई स्वागत गर्न इन्दिरा गान्धी विमानस्थलमा आउने भारतीय मन्त्रीको टुंगो लागेको छैन ।

भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रपति भवनमा पुगेर केही बेर आराम गर्ने र त्यसपछि भारतीय उद्योगी व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे बृहत अन्तरक्रियामा सहभागी हुनेछन् । दिवाभोजसहितको उक्त कार्यक्रममा भारतीय व्यवसायी र प्रधानमन्त्रीबीच सवाल जबाफ पनि हुने गरी कार्यक्रम तयार भएको छ । त्यही साँझ प्रधानमन्त्री ओलीले बाह्रखम्बारोडस्थित नेपाली दुताबासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

साँझ नेपाली दुताबासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा उनी सरिक हुनेछन् । रात्रीभोजमा दिल्लीस्थित कूटनीतिक र राजनीतिक समुदाय सहभागी हुनेछन् । रात्रीभोजअघि प्रधानमन्त्रीलाई भारतीय राष्टिय कंग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेताले राष्ट्रपति भवनमा भेटवार्ता गर्ने विदेश मन्त्रालय स्रोतले बतायो । त्यही दिन भारतीय कम्युनिष्ट पार्टी मार्क्सबादीका महासचिव सीताराम यचुरी, पूर्व सांसद डीपी त्रिपाठी लगायत साना दलका नेताले पनि प्रधानमन्त्रीलाई ले भेट्ने कार्यक्रम छ ।

शनीबार मोदीसँग औपचारिक वार्ता
शनीवार विहान प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा उच्च सैनिक गारत (गार्ड अनर ) दिनुअघि भारतका समकक्षी नरेन्द्र मोदीले स्वागत गर्नेछन् । शनीवारै प्रधानमन्त्रीले भारतका राष्टपति रामनाथ कोविन्द तथा पराष्टपति बैंकया नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मोदीसँग विहान राष्टपति भवनमा एकपटक र हैदरावाद हाउसमा दुईवटा बेग्लाबेग्लै वैठक, संयुक्त पत्रकार सम्मेलन र दिवाभोजमा प्रधानमन्त्रीको भेट हुनेछ ।

गार्ड अफ अनरपछि प्रधानमन्त्री ओलीले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल सहभागी हुनेछन् । त्यसपछि हैदरावाद हाउसमा प्रधानमन्त्री मोदीसँग ओलीको औपचारिक वार्ता हुने कार्यक्रम छ । मोदीसँग शुरुमा सीमित अधिकारीसहितको रेस्टिरक्टेड र त्यसपछि औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । त्यसपछि दुई देशबीच हुने सम्झौता तथा पत्रआदनप्रदान सम्बन्धी कार्यक्रम हुनेछ ।

अहिलेसम्म कोशी नदीमा जहाज सञ्चालनसम्बन्धी, कृषि सम्बन्धी, रक्सौलबाहेक सुनौली र जोगबनीस्मम बल्क कार्गो ल्याउने तथा रक्सौल काठमाडौं रेलसेवासम्बन्धी सम्झौताको तयारी छ । दुई प्रधानमन्त्रीले स्वीच दबाएर अरुण तेस्रो जलविद्युत परियोजनाको संयुक्त सिलान्यास र वीरगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकी (आइसिपी)को उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि ओली र मोदीले संयुक्त पत्रकार सम्मेललनलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीलाई शनीवारै विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने तय भएको छ । प्रधानमन्त्रीलाई भारतका राष्र्टिय सुरक्षा सल्ललाहकार अजित डोभाललगायत सुरक्षा अधिकारीले पनि भेट्ने सम्भावना छ ।

प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली दुताबासले २३ चैतमा एक पाँचतारे होटलमा रात्रीभोज आयोजना गर्दैछ । त्यसका लागि दुताबासले भारतका प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेता, पूर्वमन्त्री, नेपालका लागि पूर्वराजदूत, बरिष्ठ पत्रकार, बुद्धिजीविलाई निमन्त्रणा गरेको छ ।

प्रधानन्त्री ओली र भारतीय समकक्षी मोदीबीच २४ चैत विहान औपचारिक वार्ता हुनेछ । विहानै राष्टपति भवनमा उच्च सैनिक सम्मान( गार्ड अफ अनर)मा प्रधानमन्त्री ओलीलाई मोदीले स्वागत गर्नेछन् भने दिउँसो हैदरावाद हाउसमा उनीहरुबीच शुरुमा एकान्त वार्ता र त्यसपछि औपचारिक वार्ता हुने प्रारम्भिक तयारी छ । वार्तापछि ओली र मोदीले हैदरावाद हाउसमै संयुक्त पत्रकार सम्मेलन गर्नेछन् भने त्यसबेला दुई देशबीच परियोजना विशेषमा हस्ताक्षर तथा सम्झौता आदनप्रदान हुने छ

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र