एमालेका कार्यकर्तालाई माओबादीमा प्रवेश गराउदै प्रचण्डले भने-बराबरीको कुरा टुंगिएपछि मात्र पार्टी एकता



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैशाख ९ गते पार्टी एकता गर्ने समझदारी भएको बताएका छन्।
ललितपुरको खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिने योजना रहेको बताए।

‘अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्री भारत भ्रमणबाट फर्केर आएपछि एकताको कुरा टुंग्याएर बैशाख ९ मा एकता गर्ने समझदारी बनेको छ’, दाहालले भने, ‘त्यो दिन लाखौं जनताको उपस्थितिमा नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश दिन्छौं।’

उनले अब एकतामा जाँदा दुवै पार्टीको बराबरी हैसियत र नयाँ चुनाव चिह्नको कुरा मिल्न बाँकी रहेको बताए।

कार्यक्रममा रौतहटबाट दुई दर्जन कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...