प्रधानमन्त्री ओली २५ गते बाट बन्ने भए यसरी ‘डा.केपी शर्मा ओली’



नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ पीएचडीको उपाधि पाउने भएका छन्।
प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा उत्तराखण्डस्थित पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि एवं प्रौधोगिक विश्वविद्यालयबाट पीएचडीको उपाधि पाउने छन्।

भ्रमणका क्रममा २५ गते आइतबार विश्वाविद्यालयमा हुने दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीलाई ‘डाक्टर’ मानार्थ उपाधि दिइने विश्वविद्यालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री ओलीले भ्रमण बारे नेपालको संसदमा जानकारी गराउँदा उक्त विश्वविद्यालयको चर्चा गरेका थिए। कृषि क्रान्तिमा महत्वपूर्ण योगदान दिएको भन्दै उक्त विश्वविद्यालयबाट नेपालीहरुले सिक्नु पर्ने धेरै कुरा रहेको ओलीले बताएका थिए।

ओलीले भारतसँग नयाँ सम्झौता भन्दा पनि पुरानाको ब्याज खोज्छु भन्दै संसदमा यसो सम्म भने

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमणबारे व्यवस्थापिका संसद्‌लाई जानकारी गराएका छन्।
संसद्‌लाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणमा नयाँ सन्धि सम्झौता प्राथमिकतामा नरहेको बताए।
‘यसपटक पनि नयाँ सम्झौताहरुको चाङ लगाउने वा गिन्ती बढाउने पक्षमा होइन’, उनले भने, ‘सम्बन्धलाई यथार्थ रुपमा फलदायी बनाउने, भएका पुराना सम्झौतालाई कसरी प्रभावकारी बनाउने र कार्यान्वयन गर्ने भन्नेमा केन्द्रित हुनेछु।’

प्रधानमन्त्रीले नयाँ थप्ने भन्दा पनि पुराना भइसकेका कुरामा ठोस प्रगति कसरी गर्न सकिन्छ, कसरी उपलब्धि हासिल गर्ने र अद्यावधिक गर्ने कुरामा आफ्नो ध्यान रहने बताए।

प्रधानमन्त्री ओलीले भारतले प्रतिबद्धता गरेर पनि तीव्र रुपमा अघि नबढेका कामहरुबारे सोधिखोजी गर्ने आशय व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले भने, ‘भूकम्पपछि पुनःनिर्माणको सम्बन्धमा भारतको सहयोगको हामीले प्रसंशा गरेका छौं। तर, कमी रहेको छ भने प्रतिबद्धता अनुसार अगाडि बढ्नुपर्छ भन्ने कुरालाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा मेरो ध्यान जानेछ। भारतले लिएका पुनःनिर्माणका कार्यहरुले तीव्रता लिएको छैन भने, ती काम अघि बढाउनेतर्फ मेरो ध्यान जानेछ।’

उनले विगतमा नेपालको हितमा भएका सम्झौताहरु अघि नबढेको अवस्था भए तिनीहरुलाई अघि बढाउने पक्षमा आफूले पहल गर्ने बताए। रेलमार्ग, जलमार्ग र हवाइ मार्गबारे कुरा उठाउने प्रधानमन्त्री ओलीले जानकारी दिए। पञ्चेश्वर बहुउद्देश्यीय परियोजना लगायत सम्झौता भएर पनि अघि नबढेका काममा आफ्नो ध्यान रहने प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री ओलीले कृषि, उर्जा लगायत क्षेत्रमा दुइपक्षीय हित हुनेगरीका कामलाई अघि बढाउने विषयमा आफ्नो ध्यान रहने बताएका छन्।

प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारतको राजकीय भ्रमण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र