ओलीले भारत बाट पार्टी एकताको यस्तो संजीवनी बुटी ल्याए पछी मात्र एकता हुने यस्तो आयो खबर



एमाले–माओवादी केन्द्रबीच ९ बैशाख ०७५ मा एकता हुने पक्का भएको छ। आज बसेको एकता संयोजन समितिको बैठकले एकताको मिति यकिन गरेको हो।
पार्टी एकताका लागि गठन गरिएका दुबै कार्यदलको सुझाव अनुसार लेनिन जयन्तीका दिन पार्टी एकता गर्ने निर्णय एकता संयोजन समितिको बैठकले गरेको हो।

बैठकले दुबै कार्यदलले दिएको सुझाव अनुसार ९ बैशाखमा एकता गर्न दुबै पार्टीले आन्तरिक तयारी गर्न निर्देशन दिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए।
माधव नेपाल नेतृत्वको बैचारिक राजनीतिक दस्तावेज निर्माण र रामबहादुर थापा नेतृत्वको संगठनात्मक स्वरुप र विधान निर्माण कार्यदलले २० चैत्रमा प्रतिवेदन पेश गरेका थिए।

नेकपा एमाले र एकीकृत नेकपा माओवादीबिचको एकताको कुराले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएपछि ठोस रुप पाउने नेताहरुले बताएका छन् ।

वाम एकताका लागि बनेको एकता संयोजन समितिको बिहीबारको बैठकमा प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्के लगतै पार्टी एकताको वार्तालाई अन्तिम र ठोस बनाउने सहमति भएको माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

यसअघि भएको सहमति अनुसार नै आउँदो वैशाख ९ गते पार्टी एकताको औपचारिक अर्थात विधिवत घोषणा हुने र त्यसका लागि दुवै पार्टीमा आन्तरिक तयारी तथा छलफल गर्न पनि निर्देशन दिने सहमति भएको उनले बताए ।

यसैगरी संगठनात्मक स्वरुप निर्धारण र विधान मस्यौदा समितिले बुझाएको प्रतिवेदनमाथि पनि छलफल सुरु भएको नेता प्रकाशले जानकारी दिएका छन् ।

तर पार्टी एकताको हलो अड्किएको मानिएको र मिल्न बाँकी केन्द्रीय समितिको आकार, चुनाव चिन्ह र पार्टीको आधिकारिक प्रस्तावमा जनयुद शब्द राख्ने नराख्ने भन्ने बारे थप छलफल भए नभएको वा यी विषयमा भएका छलफलको पछिल्लो अवस्थाका बारेमा भने नेताहरुले केही पनि बताउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र