नरेन्द्र मोदीका बिश्वाश पात्रको नाम भ्रमण टोलीबाट ओलीले काटे,भ्रमण नै असफल हुने आयो यस्तो संकेत



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी ओलीको चैत्र २३ गतेदेखि हुने तीन दिने राजकीय भारत भ्रमणको टोलीबाट नेपालका एकमात्रै खर्बपति रहेका सांसद विनोद चौधरीको नाम प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका छन् ।

प्रधानमन्त्रीको ‘डेलिगेसन’ टोली कम्तिमा पनि ५० जनासम्म हुने तय भएको छ । टोलीमा प्रधानमन्त्रीबाहेक तीन जना मन्त्री, नौ जना सांसद, मुख्यसचिव, परराष्ट्र सचिव, सचिव, मिडियाका प्रतिनिधि, प्रधानमन्त्रीका सुरक्षाकर्मी, उद्योगी व्यवसायीलगायत गरेर ५० जनासम्मको हुने भएको हो ।

यो टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार पनि हुनेछन् । यसअघि प्रधानमन्त्रीको भ्रमण टोलीमा बढीमा २५ जना हुने भनिएको थियो ।

सूत्रहरुले दिएको जानकारी अनुसार भारत भ्रमणमा आफू पनि सहभागी हुने भन्दै चौधरीले प्रधानमन्त्रीसँग आग्रह नै गरेका थिए । तर यसपटक प्रधानमन्त्रीले चौधरीलाई भ्रमण टोलीमा सहभागी नै नगराउने निर्णय गरेका छन् । चौधरीले कांग्रेसको तर्फबाट आफूपनि सहभागी हुने भन्दै डेलिगेशनम सहभागी गराउन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीले भने उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघबाट समेट्ने भन्दै चौधरीलाई लैजानै चाहेनन् ।
स्रोतका अनुसार भारतसँग आफ्नो धेरै राम्रो सम्बन्ध छ भनेर चौधरीले बोल्ने गरेका थिए । यतिसम्म कि चौधरीले भारतीय नेताहरुसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको बताउँदै आएका छन् । तर यसपटक प्रधानमन्त्री ओलीले उनलाई सहभागी गराउँदा भ्रमण नै असफल हुनेसक्ने आशंका गर्दै चलाखीपूर्ण ढंगले चौधरीको नाम हटाईदिएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्रीले आफू निकटका नेताहरुसँग भनेका छन्,‘चौधरीलाई सँगै लैजाँदा भ्रमण नै असफल हुनसक्छ, त्यसैले उनलाई नलैजाँदै बेश हुन्छ।’चौधरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बिश्वास पात्र समेत हुन्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...