ओलीको बोलीलाई उनकै मन्त्रीले दिए च्यालेन्ज,ओलीले २ वर्षमा गर्ने काम उनका मन्त्रीले ५ महिनामै गर्दिने भए



हाम्रो इकोनोमि

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ६ महिनाभित्रै नेपालले आफ्नै आधुनिक रेल कुदाएर छाड्ने बताएका छन्।काठमाडौंमा आज आयोजित कार्यक्रममा मन्त्री महासेठले बढीमा ६ महिनाभित्रै जयनगर–जनकपुर–बर्दिवास–सिमरासम्म रेल कुद्ने दाबी गरे।

‘प्रधानमन्त्रीले दुई वर्षभित्र भन्नुभएको थियो, तर हामी बढीमा अबको ६ महिनाभित्रै निश्चित दुरीमा रेल कुदाउँछौं,’ उनले भने, ‘अहिले द्रुत गतिले काम भइरहेको छ। दुई वर्षभित्र हामीले रेलमार्गका लागि धेरै काम गरिसकेका हुनेछौं।’

उनले पूर्व–पश्चिम रेलमार्गलाई पनि अघि बढाउने विश्वास दिलाए। ‘यसको लागि हामीले धेरै डिपिआर बनाइसकेका छौं। कामहरु धमाधम भइरहेका छन्,’ उनले भने, ‘उत्तरतिरबाट केरुङ र काठमाडौं, काठमाडौं र पोखरा तथा पोखरा र लुम्बिनी जाेडिन्छ। लुम्बिनीलाई केरुङ रुट र तराईबाट आउने रुटबाट पनि जोड्न चाहन्छौं।’
मन्त्री महासेठले ५ वर्षभित्रमा काठमाडौंवासीले रेल चढ्न पाउने दाबी गरे।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...