पार्टी एकताका बिषयमा फाइनल कुरा गर्न एमालेले डाक्यो केन्द्रीय कमिटीको बैठक



हाम्रो इकोनोमि

नेकपा एमालेले आगामी ७ गतेको लागि केन्द्रीय कमिटिको बैठक बोलाएको छ ।
बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी समितिको बैठकले पार्टी एकता लगायतका विषयमा बिस्तृत छलफल गर्न ७ गते केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । सो अघि बैशाख ६ गते पोलिटब्यूरो बैठक पनि बस्नेछ । बैठकमा पार्टीको नीति, कार्यक्रम, बजेटलगायतका विषयमा समेत छलफल हुनेछ ।

बुधबारको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माओवादी सङ्गको पार्टी एकताका विषयमा सङ्क्षिप्त जानकारी गराएका थिए । उनले भोलि एकता संयोजन समितिको बैठकबाट दुवै कार्यदलका प्रतिवेदन अनुमोदन गर्ने र बैशाख ९ गते पार्टी एकताको सार्वजनिक घोषणा गर्ने विषयमा जानकारी गराएको बताइएको छ ।

यस्तै उनले आसन्न भारत भ्रमणका विषयमा समेत जानकारी गराएका थिए । आफ्नो भारत भ्रमण देशको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउनका लागि भएको उनको भनाई थियो ।
बैठकले नेता जेपी भेटवालको निधनमा शोक प्रस्ताव समेत पारित गरेको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...