एक अर्काका कट्टर दुश्मन देखादेख हुँदा पनि दाह्रा किट्ने ओली र देउवाको डेढ महिनापछि बालुवाटारमा जम्काभेट



हाम्रो इकोनोमि

शुक्रवारदेखि शुरु हुने भारत भ्रमणको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरूसंग परामर्श गरेका छन् । नेपाल–भारत प्रवुद्ध समूहका सदस्यसहित प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरूसंग परामर्श गरेका हुन् ।

छलफलमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्द सहभागी थिए ।

गत फागुन ३ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएर बालुवाटार छाडेका देउवा त्यसयता पहिलो पटक बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले भारत भ्रमणको विषयमा पूर्वप्रधानमन्त्रीहरुको सुझाव लिएका हुन् । यसअघि मंगलवार संसदलाई सम्बोधन गर्दै ओलीले भारत भ्रमणको क्रममा देशको शिर झुक्ने काम नगर्ने बताएका थिए ।

तीनदिने भ्रमणका लागि ओली २३ गते भारतको राजधानी दिल्ली प्रस्थान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...