ओलीले भारतसँग नयाँ सम्झौता भन्दा पनि पुरानाको ब्याज खोज्छु भन्दै संसदमा यसो सम्म भने



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमणबारे व्यवस्थापिका संसद्‌लाई जानकारी गराएका छन्।
संसद्‌लाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणमा नयाँ सन्धि सम्झौता प्राथमिकतामा नरहेको बताए।
‘यसपटक पनि नयाँ सम्झौताहरुको चाङ लगाउने वा गिन्ती बढाउने पक्षमा होइन’, उनले भने, ‘सम्बन्धलाई यथार्थ रुपमा फलदायी बनाउने, भएका पुराना सम्झौतालाई कसरी प्रभावकारी बनाउने र कार्यान्वयन गर्ने भन्नेमा केन्द्रित हुनेछु।’

प्रधानमन्त्रीले नयाँ थप्ने भन्दा पनि पुराना भइसकेका कुरामा ठोस प्रगति कसरी गर्न सकिन्छ, कसरी उपलब्धि हासिल गर्ने र अद्यावधिक गर्ने कुरामा आफ्नो ध्यान रहने बताए।

प्रधानमन्त्री ओलीले भारतले प्रतिबद्धता गरेर पनि तीव्र रुपमा अघि नबढेका कामहरुबारे सोधिखोजी गर्ने आशय व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले भने, ‘भूकम्पपछि पुनःनिर्माणको सम्बन्धमा भारतको सहयोगको हामीले प्रसंशा गरेका छौं। तर, कमी रहेको छ भने प्रतिबद्धता अनुसार अगाडि बढ्नुपर्छ भन्ने कुरालाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा मेरो ध्यान जानेछ। भारतले लिएका पुनःनिर्माणका कार्यहरुले तीव्रता लिएको छैन भने, ती काम अघि बढाउनेतर्फ मेरो ध्यान जानेछ।’

उनले विगतमा नेपालको हितमा भएका सम्झौताहरु अघि नबढेको अवस्था भए तिनीहरुलाई अघि बढाउने पक्षमा आफूले पहल गर्ने बताए। रेलमार्ग, जलमार्ग र हवाइ मार्गबारे कुरा उठाउने प्रधानमन्त्री ओलीले जानकारी दिए। पञ्चेश्वर बहुउद्देश्यीय परियोजना लगायत सम्झौता भएर पनि अघि नबढेका काममा आफ्नो ध्यान रहने प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री ओलीले कृषि, उर्जा लगायत क्षेत्रमा दुइपक्षीय हित हुनेगरीका कामलाई अघि बढाउने विषयमा आफ्नो ध्यान रहने बताएका छन्।

प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारतको राजकीय भ्रमण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...