ओलीले भारतसँग नयाँ सम्झौता भन्दा पनि पुरानाको ब्याज खोज्छु भन्दै संसदमा यसो सम्म भने



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमणबारे व्यवस्थापिका संसद्‌लाई जानकारी गराएका छन्।
संसद्‌लाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणमा नयाँ सन्धि सम्झौता प्राथमिकतामा नरहेको बताए।
‘यसपटक पनि नयाँ सम्झौताहरुको चाङ लगाउने वा गिन्ती बढाउने पक्षमा होइन’, उनले भने, ‘सम्बन्धलाई यथार्थ रुपमा फलदायी बनाउने, भएका पुराना सम्झौतालाई कसरी प्रभावकारी बनाउने र कार्यान्वयन गर्ने भन्नेमा केन्द्रित हुनेछु।’

प्रधानमन्त्रीले नयाँ थप्ने भन्दा पनि पुराना भइसकेका कुरामा ठोस प्रगति कसरी गर्न सकिन्छ, कसरी उपलब्धि हासिल गर्ने र अद्यावधिक गर्ने कुरामा आफ्नो ध्यान रहने बताए।

प्रधानमन्त्री ओलीले भारतले प्रतिबद्धता गरेर पनि तीव्र रुपमा अघि नबढेका कामहरुबारे सोधिखोजी गर्ने आशय व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले भने, ‘भूकम्पपछि पुनःनिर्माणको सम्बन्धमा भारतको सहयोगको हामीले प्रसंशा गरेका छौं। तर, कमी रहेको छ भने प्रतिबद्धता अनुसार अगाडि बढ्नुपर्छ भन्ने कुरालाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा मेरो ध्यान जानेछ। भारतले लिएका पुनःनिर्माणका कार्यहरुले तीव्रता लिएको छैन भने, ती काम अघि बढाउनेतर्फ मेरो ध्यान जानेछ।’

उनले विगतमा नेपालको हितमा भएका सम्झौताहरु अघि नबढेको अवस्था भए तिनीहरुलाई अघि बढाउने पक्षमा आफूले पहल गर्ने बताए। रेलमार्ग, जलमार्ग र हवाइ मार्गबारे कुरा उठाउने प्रधानमन्त्री ओलीले जानकारी दिए। पञ्चेश्वर बहुउद्देश्यीय परियोजना लगायत सम्झौता भएर पनि अघि नबढेका काममा आफ्नो ध्यान रहने प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री ओलीले कृषि, उर्जा लगायत क्षेत्रमा दुइपक्षीय हित हुनेगरीका कामलाई अघि बढाउने विषयमा आफ्नो ध्यान रहने बताएका छन्।

प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारतको राजकीय भ्रमण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...