प्रधानमन्त्री ओलीको भारत भ्रमण मन्त्रिपरिषदबाट अनुमोदन,को को छन भ्रमण टोलीमा



मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चैत २३ देखि २५सम्म हुने प्रधानमन्त्री केपी ओलीको राष्ट्रिय भारत भ्रमण अनुमोदन गरेको छ । प्रधानमन्त्रीसँग भारत भ्रमणमा  सरकारका तीन जना मन्त्री पनि सहभागि हुने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री ओलीको राष्ट्रिय भारत भ्रमण अनुमोदन गरेको सुचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।  त्यस्तै बैठकले चिकित्सा शिक्षा र वेपत्ता सम्बन्धी विधेयक आज बस्ने संसद बैठकमा टेवल गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रधानमन्त्री ओलीसँगै ३ जना मन्त्रीहरु भारत भ्रमणमा जाने टुंगो लगाएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले जानकारी दिए।

त्यसैगरी भुक्तानी प्रणाली व्यवस्थित गर्न भुक्तानी तथा फस्र्योट विधेयक स्वीकृत गर्नुका साथै विधेयक सहजीकरण समितिको सदस्यमा कमल चालिसेलाई नियुक्त गर्ने निर्णय गरेको छ । विधेयक सहजीकरण समितिमा महान्यायाधीवक्ता अध्यक्ष रहने व्यवस्था छ ।
मंगलबारको मन्त्रिपन्त्रिपरिषदले एडीवीको १० मिलियन डलर अनुदान स्वीकार गर्ने र
अर्को व्यवस्था नभएसम्म चैत २८ बाट हटाउने भनिएका जिल्ला शिक्षा कार्यलय यथावत राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न