एकता संयोजन समितिको बैठक आज,बाम एकता सम्बन्धी यस्तो आयो पछिल्लो अपडेट



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी एकिकरणका लागी बनेको एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ ।एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् । त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य छन् ।

पार्टीको नेतृत्वमा –प्रचण्ड र केपी शर्मा ओली, पार्टीको नाम –नेपाल कम्युनिष्ट पार्टी र मार्ग निर्देशक सिदान्तमा–माक्र्सवाद, लेनिनवाद भनेर टुंगिसकेको भएपनि सदस्यसंख्यामा कसको कति प्रतिनिधित्व, जनयुद र चुनाव चिन्हको विषयमा विवाद सल्टिएको छैन ।

बराबरीको सिदान्तको आधारमा संगठनात्मक एकता, विधानको प्रस्तावनामा जनयुद्ध र सुर्यभित्र हँसिया हथौडा चुनाव चिन्ह हुनुपर्ने अडानमा माओवादी केन्द्र रहेको छ भने एमालेले ६०/४० प्रतिशतको आधारमा संगठनात्मक एकता, विधानको प्रस्तावनामा जनयुद्धको ठाउँमा जनक्रान्ति र सुर्य चुनाव चिन्ह रहनुपर्ने अडानमा छ ।

चुनाव चिन्ह र जनयुद्धको विषयमा दुवै दलका नेताहरु लचक रहेको भएपनि संगठनात्मक एकताको विषयमा बराबरीको सिदान्त मान्न एमाले तयार छैन । आजको बैठकले यिनै विषयहरुमा छलफल गर्ने छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...