एकता संयोजन समितिको बैठक आज,बाम एकता सम्बन्धी यस्तो आयो पछिल्लो अपडेट



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी एकिकरणका लागी बनेको एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ ।एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् । त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य छन् ।

पार्टीको नेतृत्वमा –प्रचण्ड र केपी शर्मा ओली, पार्टीको नाम –नेपाल कम्युनिष्ट पार्टी र मार्ग निर्देशक सिदान्तमा–माक्र्सवाद, लेनिनवाद भनेर टुंगिसकेको भएपनि सदस्यसंख्यामा कसको कति प्रतिनिधित्व, जनयुद र चुनाव चिन्हको विषयमा विवाद सल्टिएको छैन ।

बराबरीको सिदान्तको आधारमा संगठनात्मक एकता, विधानको प्रस्तावनामा जनयुद्ध र सुर्यभित्र हँसिया हथौडा चुनाव चिन्ह हुनुपर्ने अडानमा माओवादी केन्द्र रहेको छ भने एमालेले ६०/४० प्रतिशतको आधारमा संगठनात्मक एकता, विधानको प्रस्तावनामा जनयुद्धको ठाउँमा जनक्रान्ति र सुर्य चुनाव चिन्ह रहनुपर्ने अडानमा छ ।

चुनाव चिन्ह र जनयुद्धको विषयमा दुवै दलका नेताहरु लचक रहेको भएपनि संगठनात्मक एकताको विषयमा बराबरीको सिदान्त मान्न एमाले तयार छैन । आजको बैठकले यिनै विषयहरुमा छलफल गर्ने छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...