सशस्त्र प्रहरी बल शान्तिस्थापना तालिम केन्द्रमा संचालित तालिमको उदघाटन



हाम्रो इकोनोमि

श्री सशस्त्र प्रहरी बल¸नेपाल यू.एन शान्तिस्थापना तालिम केन्द्रमा संचालित सि.सं. ३७ से.मु.पति तालिम उदघाटन भएको छ । सशस्त्र प्रहरी बल¸नेपाल सीमा सुरक्षा तालिम महाविद्यालय बर्दघाटको तत्ववधानमा संचालित १२ हप्ता अवधीको तालिम यस तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हचार्यतालिम उदघाटनको प्रमुख आतिथ्यमा प्रथम प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त तालिममा विभिन्न हतियारहरु सम्बन्धी¸शारिरीक तालिम¸ फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸ फिल्ड ईन्जिनियरिङ्ग¸बन्दोबस्ती¸नक्सा अध्ययन¸स्टाफ डिउटि¸महत्वपुर्ण प्रतिष्ठान तथा विशिष्ट व्यक्तिको सुरक्षा¸अपराध अनुसन्धान¸आन्तरिक तथा बाह्य द्धन्द¸मानवअधिकार¸लैगिङ्क हिँसा आदी विषयमा प्रशिक्षण गराईने छ । उक्त तालिममा ३९ जना सशस्त्र प्रहरी जुनियर अधिकृतहरुको सहभागिता रहेको छ । तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हचार्यज्यूले तालिमको उपदायिता र महत्वलाई बताउदै आजको बदलिदो परिस्थीती र वातावरण संघ समान्तर रुपले संगठन र जनशक्तिलाई परिकृत तथा समय सापक्ष परिवर्तन गर्दै संगठनको मुलभुत उद्धेश्य र कार्य दिशा कार्यन्वयन गर्न र शारिरीक र मानसिक रुपले स्वच्छ र सवल जनशक्ति उत्पादन गर्न¸राष्ट्रिय तथा अन्तराष्ट्रिय सुरक्षाको आवश्यकता¸संयुक्त राष्ट्र संघका विभिन्न मुल्य र मान्यताहरुको प्रयोग र कार्यन्वयन¸विश्वब्यापीकरण तथा आन्तरिक रुपले संगठित अपराध¸सिमा अपराध¸महत्पुर्ण प्रतिष्ठान एवं विशिष्ट व्यक्तिहरुको सुरक्षा¸जातिय पृथकताबादी आन्दोलन तथा अन्य विभिन्न चुनौतिहरुलाई सामना र समाधान गर्न यस्ता किसिमका विशिष्टिगत तालिम संचालन गरी दक्षता एवं व्यवसायिकता हासिल गरेको उत्प्रेरित¸लगनशिल¸जुगारुक¸मेहनती एवं उत्सुक जुनियर अधिकृतहरुको निर्माण गर्नु नै यस तालिमको प्रमुख उद्धेश्य रहेको बताउनु भयो ।

साथै प्रमुख अतिथी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हचार्यज्यूले तालिममा खटिने प्रशिक्षक बर्गलाई स्तरिय ढङ्गले तालिम संचालन गर्न निर्देशन गर्नुका साथै सम्पुर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...