ओलीलाई फकाउन भारतले फाल्दैछ यस्तो तुरुप,मोदी आफै एयरपोर्टमा पुगेर ओलीलाई बाल्दैछन् धूप



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली यही चैत २३ (६ अप्रिल) मा तीन दिने भ्रमणको लागि भारतको राजकीय भ्रमणमा नयाँदिल्ली जाँदैछन् । उनको भ्रमण सफल बनाउनको लागि दुवै देशले आन्तरिक गृहकार्य अघि बढाईरहेका छन् ।

ओलीलाई ईन्दिरा गान्धी ईन्टरनेश्नल एयरपोर्टमा रिसिभ गर्न उनका समकक्षी नरेन्द्र मोदी आउलान कि विदेशमन्त्री सुष्मा स्वराज को आउलान् ? भने बहस सुरु भएको छ । भारतीय सूत्रहरुले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीलाई रिसिभ गर्न भारतीय प्रधानमन्त्री मोदी भन्दापनि विदेशमन्त्री स्वराज नै आउने संभावना रहेको छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल बनाउन नेपालले गृहकार्य अघि बढाईसकेको छ । उता भारतले पनि भ्रमणबारे गृहयकार्य अघि बढाएको छ। नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरी पनि आजै भारत पुगिसकेका छन् ।

ओली यही आउने शुक्रबार भारत जाँदैछन् । पुगेकै दिन उनले महत्वपूर्ण भेटघाट नगर्ने बुझिएको छ। बरु, उनले भोलिपल्ट (शनिबार) मात्रै महत्वपूर्ण भेटवार्ताहरु गर्नेछन् । अहिले सोही अनुसार भारतीय पक्षले पनि तयारी थालेको सूत्रहरुले बताएका छन् ।

प्रधानमन्त्री भएपछि प्रधानमन्त्री ओलीको यो पहिलो विदेश भ्रमण हुनेछ । शुक्रवार नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एकैपटक प्रधानमन्त्री ओलीको भ्रमण तय भएको प्रेस बक्तब्यमार्फत जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...