सोले फिल्मका भिलेनका बाउहरु नेपालमा छन् भन्दै गृहमन्त्रीले भने-एयरपोर्टबाट टनका टन सुन तस्करी भइरहेको छ



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश तस्करहरुले लुटिरहेको बताएका छन्।

सोमबार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै मन्त्री थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टनका टन सुन तस्करी भइरहेको बताए। ‘२/४ सय तोला होइन, एयरपोर्टबाट टनका टन सुन तस्करी भइरहेको छ।’

गृहमन्त्रीले नै टनका टन सुन तस्करी भइरहेको बताउँदा कार्यक्रममा उपस्थित प्रहरी अधिकारीहरुले भने आश्चर्य व्यक्त गरेका थिए।

मन्त्री थापाले सुनसँग एयरपोर्टबाट विदेशी मुद्रा पनि तस्करी भइरहेको बताए। खुला सिमानाका कारण खर्बौंको तस्करी भइरहेका उनको भनाइ थियो। त्यस्तो तस्करीमा प्रशासनले सहयोग गरेको र नेताहरुले संरक्षण दिइरहेको उनको आरोप थियो।

कार्ययोजना सार्वजनिक गरेपछि एक घन्टा भाषण गरेका मन्त्री थापाले अधिकांश समय तस्करहरुलाई गाली गरे। गुन्डागर्दी तथा माफियाको प्रसंग निकाल्दै उनले भने, ‘सोले फिल्मका भिलेनका बाउहरु नेपालमा छन्।’

केही समूहहरु देशमा जात र धर्मको कुरा निकालेर विखण्डन ल्याउन सक्रिय रहेको मन्त्री थापाको आरोप छ। त्यस्ता गतिविधिमा संलग्नहरुलाई निस्तेज बनाउन गृह प्रशासन सुधारको कार्ययोजना ल्याइएको मन्त्री थापाको भनाइ छ।

भारतसँगको सीमामा अब ड्रोनबाट निगरानी गरिने पनि मन्त्री थापाले बताए।

जेलको प्रसंगमा उनले त्यहाँभित्र ठूलो भ्रष्टाचार र अपराध रहेकाले सुधार योजना अघि बढिसकेको बताए। ‘जेलका नाइकेहरुलाई सरुवाका लागि निर्देशन दिइसकिएको छ,’ उनले भने। प्रहरीभित्रको विकृत्ति र सिन्डिकेट तोडेरै छाड्ने उनले प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...