खड्काको निधनप्रति शोक प्रस्ताव पारित,प्रजातन्त्रका एक हस्तीको यसरी भयो अन्तिम प्रस्थान



नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मृत्यु भएका नेता खड्काप्रति शोक प्रकट गर्दै भोलि दिउँसो १ बजेका लागि बैठक स्थगित भएको हो।
भोलिको बैठकमा प्रधानन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सम्भावना रहेको संसदीय सचिवालयले जनाएको छ।

नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका चर्चित हस्ती खड्काको पार्थिव शरिरमा उनका छोरा अनुरागले मुखाग्नी दिएर उनलाई अन्तिम नमन गरे।

पञ्चायतकालको कठोर दिनमा पनि कांग्रेस नेता विपी कोइरालाका अत्यन्त प्रियपात्र बनेर पार्टीमा स्थापित नेता खड्काको अवसानले पार्टीभित्र ठूलो आघात भएको छ।

खड्कालाई अन्तिम विदाई गर्न पशुपति आर्यघाटमा कांग्रेसका नेता, कार्यकर्तासहित ठूलो संख्यामा शुभचिन्तकहरु उपस्थित भएर नेता खड्का अमर रहुन् जस्ता नारा लगाएका थिए।

आइतबार दिउँसो खड्काको निवासबाट कांग्रेस मुख्यालयमा राखेको केहि समयमै अन्तिम दाहा संस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो।

बेलायतमा अध्ययनरत छोरा अनुराग खड्काको बाबुको निधनको खबर पाएलगत्तै काठमाडौं आउनेक्रममा भएको ढिलाइका कारण खड्काको शव अपरान्ह ३ बजेतिरमात्रै विपी स्मृति भवन सानेपामा लगिएको थियो।

केहि समय सानेपामा राखिएको खड्काको पार्थिव शरिरमा त्यहाँ उपस्थित पार्टी नेता, कार्यकर्ताले श्रद्धाञ्जली दिएपछि उनको शव सजाइएको सरकारी नम्बर प्लेटको ट्रकमा राखि टेकु हुँदै पशुपति आर्यघाटमा दाहा संस्कारका लागि लगिएको छ।

त्यसअघि पार्टी मुख्यालयमा सभापति शेरबहादुर देउवाले नेता खड्काप्रति अन्तिम श्रृद्धाञ्जली सहित पार्टीको झण्डा ओडाएका थिए।

मृर्गौला, फोक्सो, कलेजो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो।

उनको पार्थिव शरीर शनिबार राति १० बजे काठमाडौं ल्याइएको थियो। आइतबार दिउँसो १ बजेदेखि खड्काको शव पार्टी कार्यालयमा राख्ने भनिएपनि छोरा अनुराग ढिला आइपुगेका केही समय ढिला गरी मात्र शव पार्टी कार्यालय लगिएको थियो।

खड्काको साढे दुई वर्षअघि दिल्लीको एपोलो अस्पतालमा खड्काको मिर्गौला प्रत्यारोपण गरिएको थियो। गत फागुन ४ गते एकाएक स्वस्थ्यमा समस्या देखिएपछि उपचारका लागि दिल्ली लगिएको थियो। तर, उपचारको क्रममा ६८ वर्षको उमेरमा खड्काको निधन भएको हो।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र