आईजीपी बन्न ज्यान फालेर लागेका डिआईजीलाई ओलीले बालुवाटार छिर्नै दिएनन्,भोटे ताल्चा लाग्यो



हाम्रो इकोनोमि

नेपाल प्रहरीको नयाँ आईजीपीको लागि दौडधुप सुरु भएको छ । यही चैत्र २९ गतेदेखि प्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालसहित १५ जना एआईजीले ३० वर्षे सेवाअवधिका कारण अवकास पाउँदैछन् । आईजीपी अर्यालको अवकाशसँगै नयाँ आईजीपीको लागि दौडधुप सुरु भएको छ ।

नेपाल प्रहरीको नेतृत्वको लागि यतिवेला मैदानमा तीन जना डिआईजी छन् । डिआईजीहरु खर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की लगायतका डिआईजीहरु नेतृत्वको लागि मैदानमा छन् । आईजीपीका क्यान्डिेटहरु यतिवेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रयासरत छन् । तर, प्रधानमन्त्री ओलीले भने उनीहरुलाई बालुवाटार प्रवेशको लागि ढोकामै रोक लगाएका छन ।

विभिन्न शक्ति केन्द्रहरुमार्फत उनीहरुले प्रधानमन्त्री ओलीलाई भेट्न प्रयास गरेपनि अहिलेसम्म त्यो प्रयास सफल हुन सकेको छैन् । उच्च स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले आफूले सही, सक्षम र सवल व्यक्तिलाई नै आईजीपी बनाउने भन्दै आफूलाई भेट्न नआउन सन्देश दिएका छन् ।

आईजीपी दौडमा खनाल, खरेल र काकीसँगै डिआईजीहरु क्रमशः पवन प्रसाद खरेल, उत्तम कार्की, मनोज न्यौपाने, छविलाल जोशी नेतृत्व लिने दौडमा छन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...