५०/५० को आधारमा एकीकरण हुन नसक्ने प्रचण्डलाई ओलीको चेतावनी, धेरै खोजे ४० प्रतिशत पनि गुम्ने



हाम्रो इकोनोमि

प्रचण्डले जसरी केपी ओलीले सार्वजनिक रूपमा पार्टी एकताका सन्दर्भमा आफ्नो बटमलाइन राखेका छैनन् । उनी अहिले मात्र होइन, एमाले र माओवादीबीच पार्टी एकता प्रक्रिया सुरु भएदेखि नै सार्वजनिक अभिव्यक्ति दिँदा जोगिँदै आएका छन् । कहिले ईश्वर पोखरेलले पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै हुनुपर्छ भन्ने त कहिले शंकर पोखरेलले दुवै नेता अध्यक्ष रहने कार्ड फाले तर, ओली बोलेनन् । यसपटक पनि ओलीले आफ्नो बटमलाइन कार्यदलमा रहेका नेतालाई सुनाए । आफूले कहीँ कतै भाषण गरेनन् ।

प्रचण्डले समान हैसियतमा एकताको कुरा गरेपछि ओलीले बालुवाटारमै बोलाएर कुराकानी पनि गरे । तर, प्रचण्डले प्रस्ट कुरा नगरेको स्रोतको दाबी छ । यसको अर्थ प्रचण्ड एकतापछि राज्यसत्ता र पार्टी सत्तामा आफ्नो पोजिसनबारे अझै आश्वस्त हुन चाहन्छन् । त्यो पनि आश्वासनमा होइन ।ओलीले भने जनयुद्ध स्वीकार गरिन्न भनेर आफूले प्रचण्डलाई पहिले नै भनिसकेको र ५०/५० को आधारमा एकीकरण हुन नसक्ने पनि बताइसकेको एमाले नेताहरूलाई सुनाएका छन् । चुनाव चिह्नका सन्दर्भमा धेरै ठूलो विवाद नहुने ओलीले बताएका छन् ।

अहिले ६०/४० वा ७०/३० को आधारमा एकीकरण गर्दा पार्टी केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर प्रचण्डले ४० प्रतिशतको हैसियत गुमाउनेछन् । राजनीतिका सदावहार निर्णायक खेलाडी प्रचण्ड आफ्नो राजनीतिक एवं वैधानिक दुवै हैसियत बलियो नहुने गरी एकीकरणको खतरा मोल्न चाहँदैनन् ।ओलीले भने जनयुद्ध स्वीकार गरिन्न भनेर आफूले प्रचण्डलाई पहिले नै भनिसकेको र ५०/५० को आधारमा एकीकरण हुन नसक्ने पनि बताइसकेको एमाले नेताहरूलाई सुनाएका छन् । चुनाव चिह्नका सन्दर्भमा धेरै ठूलो विवाद नहुने ओलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...