प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे संसदमा सम्बोधन गर्ने



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणअघि संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले बिशेषगरी आफ्नो भ्रमणका एजेण्डाबारे संसद बैठकलाई जानकारी दिन सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीले चैत १९ पछि बस्ने संसद बैठकमा सम्बोधन गर्ने तयारी गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए । यद्यपी संघीय संसद सचिवालयले प्रधानमन्त्रीको सम्बोधनबारे औपचारिक जानकारी नआएको बताएको छ ।

सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले प्रधानमन्त्रीको सम्बोधनबारे अहिलेसम्म कुनै जानकारी नआएको बताए ।
संसदको बैठक चैत १९ गतेलाई बोलाइएको छ । यसअघि प्रधानमन्त्रीले १९ गते आफ्नो भारत भ्रमणबारे संसदमा सम्बोधन गर्ने तयारी आफुले गरेको एक सार्वजनिक कार्यक्रममा बताएका थिए । तर, पुर्व सांसद तथा काँग्रेस नेता खुमबहादुर खड्काको निधन भएकाले १९ गतेको बैठकमा शोक प्रस्ताव पारित गरेर अर्को बैठकमा मात्रै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका छन् । यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तयार गर्न विज्ञहरुसँग छलफल र परामर्श गरिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले परराष्ट्रमन्त्रालय र नेपाल सरकारका सम्बन्धीत मन्त्रालयबीच परामर्श गरेर भ्रमणको एजेण्डा तय गर्ने परम्परा बमोजिम त्यसैको गृहकार्य भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...