प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे संसदमा सम्बोधन गर्ने



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणअघि संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले बिशेषगरी आफ्नो भ्रमणका एजेण्डाबारे संसद बैठकलाई जानकारी दिन सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीले चैत १९ पछि बस्ने संसद बैठकमा सम्बोधन गर्ने तयारी गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए । यद्यपी संघीय संसद सचिवालयले प्रधानमन्त्रीको सम्बोधनबारे औपचारिक जानकारी नआएको बताएको छ ।

सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले प्रधानमन्त्रीको सम्बोधनबारे अहिलेसम्म कुनै जानकारी नआएको बताए ।
संसदको बैठक चैत १९ गतेलाई बोलाइएको छ । यसअघि प्रधानमन्त्रीले १९ गते आफ्नो भारत भ्रमणबारे संसदमा सम्बोधन गर्ने तयारी आफुले गरेको एक सार्वजनिक कार्यक्रममा बताएका थिए । तर, पुर्व सांसद तथा काँग्रेस नेता खुमबहादुर खड्काको निधन भएकाले १९ गतेको बैठकमा शोक प्रस्ताव पारित गरेर अर्को बैठकमा मात्रै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका छन् । यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तयार गर्न विज्ञहरुसँग छलफल र परामर्श गरिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले परराष्ट्रमन्त्रालय र नेपाल सरकारका सम्बन्धीत मन्त्रालयबीच परामर्श गरेर भ्रमणको एजेण्डा तय गर्ने परम्परा बमोजिम त्यसैको गृहकार्य भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...