कर्मचारीहरुसँग किन जंगिन्छन् मन्त्री लालबाबु ?ढाँटेर ठगेर सुबिधा लिनेको ढाड खुस्काउने चेतावनी



हाम्रो इकोनोमि

के देश सिद्धाउने र देश विग्राने कर्मचारीहरु मात्र हुन् । ओली नेतृत्वको सरकारका मन्त्रीहरु किन सबै किन एक पछाडि अर्काे कर्मचारीहरुसँग खनिरहेका छन् ?

अहिले कर्मचारी र संघीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितबीच जुहारी नै चलिरहेको छ ।केही दिन अगाडि कर्मचारीहरुलाई थाङ्नेको उपनाम दिएसँगै निजामती कर्मचारीहरु मन्त्री पण्डितसँग रुष्ट भएका छन् ।
उनै मन्त्री पण्डितले जागिर खान मन छैन भने जागिर छाड्न कर्मचारीहरुलाई चेतावनी दिएका छन् । उनले भने जागिर खान मन छैन भने सरकारले पिजँडामा राख्दैन,जागिर छाडे हुन्छ तर सरकार र राज्यलाई ढाट्न छल्न पाइदैन् ।
गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको राष्ट्रिय महाधिवेशनको कर्ममा बोल्दै मन्त्री पण्डितले नक्कली विदा लिएर कर्मचारी ठगिरहेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । लाग्ने नलागेको रोग देखाएर कर्मचारीले विरामी विदा लिइरहेको समेत उनले बताए । ‘ठगेर, ढाँटेर विदा लिएको पाइएमा सह्य हुँदैन, खटाएको ठाउँ नगएर नक्कली विदा लिएको समेत मैले थाहा पाएको छुु, यदि जागिर खान मन छैन भने सरकारले पिजँडामा राख्दैन, निजामती सेवाले त्यसको लागि बाटो खुला गरिदिएको छ, आफुलाई रोगी देखाएर देशलाई ठग्न पाइँदैन । ’

उनले खटाएको ठाउँ नजानेलाई हाजिर नगराउन र विदा स्वीकृत नगर्न प्रत्येक कार्यालयमा लिखित परिपत्र समेत गरिएको उनले जानकारी दिए । खटिएको ठाउँ नगएर सुविधाको कुरा गर्नेको सुनुवाई नहुने पनि उनले स्पष्ट पारे । ‘मेवा लिन सबैभन्दा पहिला, सेवा दिन चाहिँ पछाडि रु अब त्यो कुनै हालतमा सह्य हुदैँनु, उनले भने, काम भन्दा पहिला सुविधाको कुरै हुँदैन’, पण्डितले भने ।
यसैबीच मन्त्री पण्डितले एक महिनाभित्र स्थानीय तहका सबै वडासम्म कर्मचारी पुर्‍याउने प्रतिवद्धता जनाएका छन् । मन्त्री पण्डितले भने, ‘एक महिनाभित्र कुनै पनि कुना कन्दराका वडासम्म राष्ट्र सेवक मैले जसरी पनि पुर्‍याउँछु, काम गर्ने वातावरण बनाउने जिम्मा तपाईँ जनप्रतिनिधिको गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको राष्ट्रिय महाधिवेशनको कर्ममा बोल्दै मन्त्री पण्डितले एक महिना भित्र कुना कन्दराका वडासम्म कर्मचारी पुर्‍याउने प्रतिवद्धता जनाएका हुन् ।
उनले मुलुकमा राजनीतिक संक्रमण सकिए पनि प्रशासनिक संक्रमणको अवस्था रहेको बताउँदै संरचना अनुसार कर्मचारी खटाउँदै जाने आश्वासन दिए । आफूले करार सेवामा समेत स्थानीय तहलाई कर्मचारी राख्न पाउने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...