खुला आकाशमा होटेल, जुन छानो र भित्ताबिनै भइरहेछ लोकप्रिय



हाम्रो इकोनोमि

यो अनौठो होटेल स्विजरल्याण्डमा रहेको छ । यसको नाम Null Stern Hotel हो । यो होटलको न त कुनै छानो छ, न त कुनै भित्ताहरु । खुल्ला आकाशमुनि खुल्ला ठाउँमा राखिएको बेडहरु नै यो होटलका संरचना हुन् ।एउटा डाँडोको टुप्पोमा यो होटल छ । यहाँ बाथरुमको पनि कुनै व्यवस्था छैन ।

भनिन्छ, स्विजरल्याण्डका दुईजना कलाकार फ्रेंक र रिकलिनले यो होटल बनाएका हुन् । विस्तारै ग्राहकहरुले यसलाई मन पराउन थालेपछि पर्यटकका लागि यो खुल्ला गरियो ।खुल्ला आकाशमुनि चउरमा रहेको यो होटलमा बास बस्नु निकै महंगो छ । यहाँ एक रातका लागि अढाई सय डलर खर्च गर्नुपर्दछ ।स्मरणरहोस् फ्रेंकर रिकलिनले यसअघि पनि यस्तै खालका होटल बनाएका थिए । एउटा होटल चाहिँ परमाणु बंकरभित्र थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...