पूर्वराजा ज्ञानेन्द्रले खुमबहादुर खड्काको निधनप्रति दिए श्रद्धाञ्जली,र भने अब एक्लो भएँ



हाम्रो इकोनोमि

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको निधनप्रति शोक व्यक्त गरेका छन् ।

पूर्वराजाका तत्कालीन प्रमुख मुख्य सचिव पशुपतिभक्त महर्जन खड्काको निवास सानेपामा पूर्वराजाको सन्देश लिएर गएका थिए । खड्काकी श्रीमतीलाई भेटेर महर्जनले पूर्वराजाका तर्फबाट शोक ब्यक्त गर्दै शोक सन्तप्त परिवारलाई धैर्यधारण गर्ने क्षमता प्राप्त होस् भन्ने कामना गरेका थिए ।
त्यसैगरी महर्जनले खड्काको आत्माको शान्तिको पनि कामना गरेर फर्किएको पूर्वराजाका सम्वाद सचिव फणिन्द्र पाठकले जानकारी दिए ।

नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको श्रद्धाञ्जलीका लागि उनको निवासमा हजारौं नेता तथा कार्यकर्ताको भीड लागेको छ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पुर्व महामन्त्री कृष्ण सिटौला, डा शेखर कोइराला, डा प्रकाशशरण महत, डा मिनेन्द्र रिजाल, पूर्वमन्त्री दीपकुमार उपाध्याय लगायतका नेता तथा कार्यकर्ताहरु सानेपा स्थित खड्काको निवासमा उनको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन पुगेका हुन्। नेता सिटौलाले खड्काकी श्रीमतीलाई घरभित्रै पुगेर सान्त्वना दिएका छन्।

उनको निवासमा खड्काको गृहजिल्ला दाङबाट आएका नेता तथा कार्यकर्ता पनि पुगेका छन्। खड्काको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म उनकै निवास सानेपामा राखिने भएको छ। यसअघि ९ बजेसम्म सानेपा घरमा राखेर त्यसपछि पार्टी कार्यालय लैजाने कार्यक्रम रहेको थियो। उनका छोरा अनुराग बेलायतबाट आउँदै गर्दा भारतबाट फ्लाइट छुटेपछि आउन ढिलाई हुँदा यहाँ पनि अन्तिम श्रद्धाञ्जलीको कार्यक्रममा फेरबदल भएको हो।

शुक्रवार उपचारका क्रममा नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएका खड्काको शव शनिबार राती काठमाडौंमा ल्यार्इएको थियो। खड्काको शव शनिबार राती ९ बजेको जेट एयरको फ्लाईटमा दिल्लीबाट काठमाडौ ल्याइएको हो । एयरपोर्टबाट राती करिव ११ वजे कफिनमा राखिएको उनको शब वाहिर निकालिएको थियो। खड्काका श्रीमती छोरी सहितका पारिवारिक सदस्य र सहयोगीहरु पनि काठमाडौं उत्रिएका थिए।

एयरपोर्टमा पुगेका शुभेच्छुकहरु कफिनमा राखिएको शब सहित खड्काको सानेपा निवास गएका थिए । त्यसपछि मात्र कफिनमा रहेको शब निकालिएको थियो। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेता खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि आइतवार नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा ९ बजेबाट १ बजेसम्म राखिने तयारी भएको बताए पनि छोरा अनुराग आउन ढिलाइ भएपछि दिउँसो १ बजेमात्र कार्यक्रम सुरु हुनेछ ।

त्यसपछिमात्र केन्द्रीय समितिको बैठकले श्रद्धाञ्जली एवं शोक प्रस्ताव पारित गर्नेछ। त्यसपछि उनको अन्तिम संस्कारको लागि पशुपति आर्यघाट लगिने छ।

भारतमा उपचारका क्रममा शुक्रवार निधन भएका खड्काको अपोलो अस्पतालमा ३९ दिनदेखि उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...