आफुलाई धम्की दिएको भन्दै ओली विप्लब प्रति यसरी खनिए,मजाक गर्ने हो भने मह जोडी र धुर्मुस सुन्तलीलाई भनिदिउँला



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादीका नेता नेत्रविक्रम चन्दलाई अब राजनीतिक मजाक धेरै नगर्न सुझाव दिएका छन्।

रिपोटर्स क्लबको वार्षिक उत्सवमा बोल्ने क्रममा एमाले अध्यक्ष समेत रेहका प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको माओवादीले आफू लगायत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका नाममा हालै जारी गरेको वारेन्ट पत्रलाई मजाकको संज्ञा दिए।

‘हामीलाई फलानो गाउँमा सात दिनभित्र हाजिर हुन भन्ने जस्ता मजाक नगर, यदि यस्तै मजाक गर्ने हो भने मह जोडी र धुर्मुस सुन्तलीलाई भनिदिउँला,’ उनले भने।

विगतमा माओवादीको युद्दजस्तै अहिले विप्लवले राजनीतिक च्याखे थापेको आरोप लगाउँदै अब च्याखे थाप्ने समय सकिएको बताए।
आफूहरुलाई माक्सवादी सिद्धान्तबाट बाहिर गएको आरोपप्रति लक्षित गर्दै उनले भने, ‘सुतली वम पड्काउने कुरा माक्सवादमा छैन र चन्दा उठाउने कुरा पनि त्यसमा छैन।’

उनले अब मुलुकमा जातिय द्धवेश र वैमनश्यता नफैलाउन पनि चेतावनी दिए।

आफूले भारत भ्रमणमा जाँदा त्यहाँको सरकारसँग नेपालको विकासका लागि सहयात्रा गर्ने विषयमा आफ्नो छलफल केन्द्रीत हुने र भारत र चीनसँग मिलेर मुलुकको विकास गर्ने बताए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...