आफुलाई धम्की दिएको भन्दै ओली विप्लब प्रति यसरी खनिए,मजाक गर्ने हो भने मह जोडी र धुर्मुस सुन्तलीलाई भनिदिउँला



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादीका नेता नेत्रविक्रम चन्दलाई अब राजनीतिक मजाक धेरै नगर्न सुझाव दिएका छन्।

रिपोटर्स क्लबको वार्षिक उत्सवमा बोल्ने क्रममा एमाले अध्यक्ष समेत रेहका प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको माओवादीले आफू लगायत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका नाममा हालै जारी गरेको वारेन्ट पत्रलाई मजाकको संज्ञा दिए।

‘हामीलाई फलानो गाउँमा सात दिनभित्र हाजिर हुन भन्ने जस्ता मजाक नगर, यदि यस्तै मजाक गर्ने हो भने मह जोडी र धुर्मुस सुन्तलीलाई भनिदिउँला,’ उनले भने।

विगतमा माओवादीको युद्दजस्तै अहिले विप्लवले राजनीतिक च्याखे थापेको आरोप लगाउँदै अब च्याखे थाप्ने समय सकिएको बताए।
आफूहरुलाई माक्सवादी सिद्धान्तबाट बाहिर गएको आरोपप्रति लक्षित गर्दै उनले भने, ‘सुतली वम पड्काउने कुरा माक्सवादमा छैन र चन्दा उठाउने कुरा पनि त्यसमा छैन।’

उनले अब मुलुकमा जातिय द्धवेश र वैमनश्यता नफैलाउन पनि चेतावनी दिए।

आफूले भारत भ्रमणमा जाँदा त्यहाँको सरकारसँग नेपालको विकासका लागि सहयात्रा गर्ने विषयमा आफ्नो छलफल केन्द्रीत हुने र भारत र चीनसँग मिलेर मुलुकको विकास गर्ने बताए।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...