देउवाका दलालले ओली सरकारका मन्त्री यसरी घेरीए,सेटिङ मिलाउन होटल-होटलमा मन्त्रीका अाफन्तका कोठा



सुशासनको चर्को नारा दिएको केपी ओली सरकारका मन्त्रीहरुको आसपासको सर्कलले उही पुराना दिनहरुको झझल्को दिएको छ ।सिंहदरबारबाट प्राप्त स्रोतका अनुसार सरकारी कामहरुलाई कमिसनको भागबण्डा गराउन उद्दत दलालहरु फेरी सक्रिय भएका छन् । नेकपा माअोवादी केन्द्रको समर्थनमा प्रधानमन्त्रीमा ओली नियुक्त हुनासाथ केही हच्किएका दलालहरु मन्त्रीहरुका आफन्तहरुको सहयोगमा सिंहदरबारभित्रि मात्रै होइन ‘पावरफुल’ मन्त्रीहरुका बेडरुमसम्म पुग्न थालेका छन् ।

ओली सरकारबाट देशमा केहि विकास होला कि भन्ने आस गरेका सिंहदरबारका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भन्छन्–‘ शेरबहादुर देउवा नेतृत्व सरकारको पालाका दलालहरु नै सिंहदरबार पुनः सक्रिय हुन थालेका छन् । उनीहरुले ठुला ठेक्का, सरकारी सुचना आव्हानका नीतिगत सवाल, सरुवा, बढुवाहरुको सेटिङ् मिलाईरहेका छन् ।’

केही ठुला मन्त्रालयका मन्त्रीका आफन्तहरु नै अहिले दलालहरुको चंगुलमा फसिसकेको स्रोत बताउँछ । हुन त नेताहरुले यस्ता मामलामा उदारता समेत देखाउँदै आएका छन् । भाई, भतिजा तथा छोराहरुलाई स्वकिय सचिवालयमा राखेर कमिशन लिनलाई पनि मन्त्रीहरुलाई सजिलो ठानेका छन् ।

प्रधानमन्त्री, गृहमन्त्री तथा अन्य केही पावरफुल मन्त्रीका पारिवारिक सदस्यहरु आजकाल होटल, रेष्टुरेण्ट तथा क्याँफेहरुमा उनै दलालहरुको साथ देखिन थालेका छन् । अझ प्रहरी अधिकृतहरुको सरुवा र बढुवाको सेटिङ् मिलाउन गृहमन्त्री रामबहादुर थापा बादलका एकदमै नजिकका आफन्त २४ औं घण्टा लागिरहेको स्रोतले बतायो । सुशासनको चर्को नारा दिईरहेका बादल भने आफ्ना आफन्तहरुको यस्तो हप्ता असुली र सरुवा, बढुवाको धन्दाबारे बेखबर रहेको स्रोत बताउँछ ।

उनीहरुलाई प्रभावमा पार्न केही दलालहरु दरबारमार्ग अन्नपूर्ण होटलमा समेत बसिरहेका छन् । साथै पूर्वका एक दलालले गृहको सेटिङ् मिलाउन भन्दै कुपण्डोलको हिमालयन होटल र कमलादी पछाडीपट्टी रहेको ल्याण्डमार्क होटलमा डेरा जमाएको स्रोतले जानकारी दियो ।

स्रोत भन्छ– ‘दलालहरुले प्रहरीका केही उच्च अधिकृत तथा मन्त्रीका आफन्तहरुबीचको भेटघाट तथा सेटिङ् यिनै होटलहरु मिलाउने गरेका छन् ।’ उनका अनुसार उनै दलालहरुसँग रातभर रक्सि पिएर मन्त्रीका आफन्तहरुले रात बिताउने समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र