बाम कार्यदलकै सदस्य भन्छन-तत्काल पार्टी एकता हुन सक्दैन,एकताबारे बाहिर जे हल्ला चल्यो त्यो सत्य होइन



नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले तत्काल एमाले–माओवादी एकता हुन नसक्ने बताएका छन् । उनले पार्टी एकताको औपचारिक घोषणा प्रधानमन्त्रीको भारत भ्रमण अगाडी हुन नसक्ने बताएका हुन् ।

पार्टी एकताका लागि गठित कार्यदलका सदस्य समेत रहेका नेता शर्माले एकताका सबै बिषय टुङ्गि सकेको भए पनि बैशाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने गरी तयारी भएको बताए । नेता शर्माले पार्टी एकता त चुनाव अगाडि नै भैसकेको भन्दै घोषणकालागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिए ।

पार्टी एकताका लागि थेारै ब्यबहारिक कुरा मिल्न बाँकि रहेको भन्दै नेता शर्माले बाहिर हल्ला आएजस्तो विवाद कहि कतै नभएको बताए। ‘कहाँ कसरी जाने, कसलाई कस्तो जिम्मेवारी दिने, पार्टी संरचना कस्तो हुने भन्नेमा बहस चलिरहेको छ’ नेता शर्माले भने, विवाद भएको कुरा साँचो हाइन, यस्तो भएको छैन र हुँदैन पनि ।’ नेतृत्व र शक्ति बाँडफाँडको विषयलाई लिएर वाम गठबन्धनमा विवाद भएको हल्ला चलेका बेला उनले एकताका विषयमा विवाद हुनै नसक्ने दाबी गरे ।

केहीदिन अघि एमाले–माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीको भारत भ्रमण अघि नै पार्टी एकता हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र