बाम कार्यदलकै सदस्य भन्छन-तत्काल पार्टी एकता हुन सक्दैन,एकताबारे बाहिर जे हल्ला चल्यो त्यो सत्य होइन



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले तत्काल एमाले–माओवादी एकता हुन नसक्ने बताएका छन् । उनले पार्टी एकताको औपचारिक घोषणा प्रधानमन्त्रीको भारत भ्रमण अगाडी हुन नसक्ने बताएका हुन् ।

पार्टी एकताका लागि गठित कार्यदलका सदस्य समेत रहेका नेता शर्माले एकताका सबै बिषय टुङ्गि सकेको भए पनि बैशाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने गरी तयारी भएको बताए । नेता शर्माले पार्टी एकता त चुनाव अगाडि नै भैसकेको भन्दै घोषणकालागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिए ।

पार्टी एकताका लागि थेारै ब्यबहारिक कुरा मिल्न बाँकि रहेको भन्दै नेता शर्माले बाहिर हल्ला आएजस्तो विवाद कहि कतै नभएको बताए। ‘कहाँ कसरी जाने, कसलाई कस्तो जिम्मेवारी दिने, पार्टी संरचना कस्तो हुने भन्नेमा बहस चलिरहेको छ’ नेता शर्माले भने, विवाद भएको कुरा साँचो हाइन, यस्तो भएको छैन र हुँदैन पनि ।’ नेतृत्व र शक्ति बाँडफाँडको विषयलाई लिएर वाम गठबन्धनमा विवाद भएको हल्ला चलेका बेला उनले एकताका विषयमा विवाद हुनै नसक्ने दाबी गरे ।

केहीदिन अघि एमाले–माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीको भारत भ्रमण अघि नै पार्टी एकता हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...