दिवंगत कांग्रेस नेता खड्काको शव आज राति नेपाल ल्याइने, भोली यसरी गरिदैछ अन्त्यष्टि



हाम्रो इकोनोमि

उपचारको क्रममा शुक्रबार नयाँ दिल्लीमा निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको शव शनिबार राति साढे ९ बजे जेट एयरको विमानबाट नेपाल ल्याइने भएको छ ।

खड्काका छोरा अनुराग बेलायतमा रहेको र उनी नयाँ दिल्ली पुगेपछि मात्र शव नेपाल ल्याइने भएकाले शनिबार राति मात्र शव काठमाडौं ल्याइने भएको हो ।

शव काठमाडौं ल्याइएपछि शनिबार राति उनको निवासमा राखिनेछ । कांग्रेस पार्टी कार्यालयका अनुसार खड्का शव श्रद्धाञ्जलीका लागि आइतबार बिहान ८ बजेदेखि पार्टी कार्यालय सानेपामा राखिनेछ ।

सानेपाबाट शव यात्रासहित आइतबार बेलुका खड्काको शव पशुपति आर्यघाटनमा अन्त्यष्टि गरिने कांग्रेसले जनाएको छ । मिर्गौला रोगबाट पीडित खड्को शुक्रबार दिउँसो दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो ।

फागुनको दोस्रो हप्ता उनलाई दिल्ली लगिएको थियो । खड्का निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

यसैबिच केन्द्रीय सदस्यसमेत रहेका खड्काको निधन भएपछि कांग्रेसको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

एक हप्तादेखि नियमति बिहान ११ बजेदेखि बेलुकासम्म चल्दै आएको बैठक स्थगित भएको पार्टी कार्यालयका सहयोगी केशव रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...