प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता हुँदैनः भीम रावल



हाम्रो इकोनोमि

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले एमाले र माओवादीबीच छिटै एकीकरण हुने बताएका छन् । छिटै एकीकरण हुने बताएपनि मिति भने उल्लेख नगरेका रावलले प्रधानमन्त्रीको भारत भ्रमण अघि भने पार्टी एकीकरण नहुने बताए ।
पार्टीको काम विशेषले सात नम्बर प्रदेशमा आएका रावलले आज धनगढी बिमान स्थलमा पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष रावलले सो कुरा बताएका हुन् ।
दुबै पार्टीद्वारा गठीत समितिहरुले आ आफ्नो काम तीब्र गतिमा गरिरहेको र केही दिनमा पार्टीको उच्चस्तरीय प्रतिवेदन संयन्त्रमा बुझाएपछि पार्टी एकीकरण हुने रावलको भनाइ थियो । उनले सञ्चारमाध्यममा आएजस्तो पार्टीको भागबण्डामा कुनै बिमति नरहेको बताउदै दुबै पार्टीका नेतालाई सम्मानजनक रुपमा पद र संख्याको ब्यवस्थापन गरिने बताए ।
एकअर्को प्रसंगमा उपाध्यक्ष रावलले देउवा सरकारले हचुवाका भरमा विभिन्न निर्णय गरी देशको अर्थतन्त्रमा केही अपठ्यारो पारेकोले त्यसलाई स्पीरिटमा ल्याउन केही समय लाग्ने बताए । अर्थमन्त्री  युवराज खतीवडाले हिजो संसदमा पेश गरेको श्वेत पत्रबाट तत्कालीन देउवा सरकारले देशको ढुकुटीमा पारेको असर बारे आमजनतालाई जानकारी भएको बताए । रातोपाटी अनलाईनमा समाचार छ ।नवगठीत सरकारले देशको अर्थतन्त्रलाई मजबूत बनाई पाँच, छ महिनाभित्र आर्थिक विकासमा फड्को मार्ने र तराई, पहाड र हिमालका जनतालाई एकजुट गराई राजनीतिक स्थायीत्व गराउने बताए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...