गाई काट्न पाउनुपर्छ भन्ने प्रदेश उपसभामुखलाई एमाले सांसदले केन्द्रीय संसदको बैठक बाट यसरी हानिन् झटारो



हाम्रो इकोनोमि

गाई काट्ने विषयमा भइरहेको विवादको बहस केन्द्रीय संसदसम्म पुगेको छ । प्रदेश नम्बर- ३ की उपसभामुख राधिका तामाङले गाई काट्न पाउनुपर्छ भनेको भनेर शुरु भएको अफवाहका कारण केही दिनयता गाई काट्ने विषयले बहस तताएको छ ।
गाई काट्न पाउनुपर्छ भनेको भनेर आरोप लगाइएकी प्रदेश उपसभामुख तामाङले पटक-पटक स्पष्टीकरण दिइसकेकी छिन्, आफूले त्यसो नबोलेको भनेर । आफ्नो भनाइलाई बंगाइएको प्रति उनले चिन्ता व्यक्ति गरेकी छिन् । यद्यपि यो विषय प्रदेश संसदमा पनि उठिसकेको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद गंगा चौधरी सत्गौवाले पशु अधिकारको विषयमा बोल्ने क्रममा यो प्रसंग कोट्ट्याइन् । उनले गाई काटेर खान पाउनुपर्छ भन्ने कुराको विरोध गरिन् ।

‘कुनै पनि जाति समुदायको धर्मलाई खल्बल्याउने, कसैको मनमा ठेस पुर्‍याउने मेरो उद्देश्य होइन,’ उनले भनिन्, ‘गाई मात्र होइन कुनै पनि पशुलाई काटेर खानु हुँदैन । मानव धर्मले यही भन्छ ।’

देवी/देवताले आफ्नै सन्तानको बली नमाग्ने भन्दै उनले कुनै पनि निर्दोष पशु काटेर खानु गलत भएको बताइन् । ‘विश्वमा उदाहरणीय बन्नु छ भने देशलाई शाकाहारी राष्ट्र बनाएर जाऔँ,’ उनले भनिन्, ‘छिमेकी भारतको गुजरात राज्यमा माछा मासु, र जाडरक्सी निषेध गरिएको छ । त्यसको सिको गरौं ।’

लोकंतरका अनुसार सांसद चौधरीले गाई काट्नेलाई मात्र होइन अरु पशुको पनि बलि दिइन नहुने भन्दै आफू ‘एनिमल राइट’को विषयमा बोलेको उनले बताइन् । ‘गाई काट्ने विषयमा बाहिर बहस भइरहेको समयमा पशुअधिकारको विषयमा संसदमा बोलेकी हुँ,’ चौधरीले भनिन्, ‘आज मात्र समय पाए, त्यसैले आज बोले ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...