गाई काट्न पाउनुपर्छ भन्ने प्रदेश उपसभामुखलाई एमाले सांसदले केन्द्रीय संसदको बैठक बाट यसरी हानिन् झटारो



गाई काट्ने विषयमा भइरहेको विवादको बहस केन्द्रीय संसदसम्म पुगेको छ । प्रदेश नम्बर- ३ की उपसभामुख राधिका तामाङले गाई काट्न पाउनुपर्छ भनेको भनेर शुरु भएको अफवाहका कारण केही दिनयता गाई काट्ने विषयले बहस तताएको छ ।
गाई काट्न पाउनुपर्छ भनेको भनेर आरोप लगाइएकी प्रदेश उपसभामुख तामाङले पटक-पटक स्पष्टीकरण दिइसकेकी छिन्, आफूले त्यसो नबोलेको भनेर । आफ्नो भनाइलाई बंगाइएको प्रति उनले चिन्ता व्यक्ति गरेकी छिन् । यद्यपि यो विषय प्रदेश संसदमा पनि उठिसकेको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद गंगा चौधरी सत्गौवाले पशु अधिकारको विषयमा बोल्ने क्रममा यो प्रसंग कोट्ट्याइन् । उनले गाई काटेर खान पाउनुपर्छ भन्ने कुराको विरोध गरिन् ।

‘कुनै पनि जाति समुदायको धर्मलाई खल्बल्याउने, कसैको मनमा ठेस पुर्‍याउने मेरो उद्देश्य होइन,’ उनले भनिन्, ‘गाई मात्र होइन कुनै पनि पशुलाई काटेर खानु हुँदैन । मानव धर्मले यही भन्छ ।’

देवी/देवताले आफ्नै सन्तानको बली नमाग्ने भन्दै उनले कुनै पनि निर्दोष पशु काटेर खानु गलत भएको बताइन् । ‘विश्वमा उदाहरणीय बन्नु छ भने देशलाई शाकाहारी राष्ट्र बनाएर जाऔँ,’ उनले भनिन्, ‘छिमेकी भारतको गुजरात राज्यमा माछा मासु, र जाडरक्सी निषेध गरिएको छ । त्यसको सिको गरौं ।’

लोकंतरका अनुसार सांसद चौधरीले गाई काट्नेलाई मात्र होइन अरु पशुको पनि बलि दिइन नहुने भन्दै आफू ‘एनिमल राइट’को विषयमा बोलेको उनले बताइन् । ‘गाई काट्ने विषयमा बाहिर बहस भइरहेको समयमा पशुअधिकारको विषयमा संसदमा बोलेकी हुँ,’ चौधरीले भनिन्, ‘आज मात्र समय पाए, त्यसैले आज बोले ।’

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न