ओली २३ गते भारत जाने, परराष्ट्रले सार्वजनिक गर्‍यो भ्रमणको तालिका



हाम्रो इकोनोमि

 प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते पहिलो विदेश भ्रमणको क्रममा भारत जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै भ्रमणको तालिका सार्वजनिक गरेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भारत जान लागेका हुन्। दोस्रो पटक प्रधानमन्त्री भएपछि हुन लागेको भारत भ्रमण उनको पहिलो विदेश भ्रमण हो।

भ्रमणमा ओलीले भारतीय राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

भ्रमणको क्रममा ओली उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ कृषि विश्वविद्यालयको कार्यक्रममा समेत सहभागी हुने तय भएको छ। भ्रमणका लागि एक साता अघिदेखि नै तयारी सुरु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...