संसदमा श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्रीले भने-देशको ढुकुटी रित्तो छ,आर्थिक संकट यसरी निम्तिदैछ



अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको वर्तमान आर्थिक अवस्था र भबिष्यमा चाल्नुपर्ने रणनीतिसहितको श्वेतपत्र संसदमार्फत सार्वजनिक गरेका छन्।

उनले संसदमार्फत सार्वजनिक गरेको श्वेतपत्रमा मुलुकको विद्यमान अर्थतन्त्रको बारेमा जानकारी दिएका छन्। उनले अहिलेको अर्थतन्त्र चुनौतीपूर्ण भएको बताउँदै अर्थतन्त्र अनौपचारिक रुपमा रुमलिएको बताए।

खतिवडाले वैदेशिक सहायता आउन कम भएको र रेमिटेन्स समेत कम भएको बताए। बजेट अनुशासन उल्लघंन भएर देशको ढुकुटी रित्तो हुने अवस्थामा पुगेको अर्थमन्त्रीको भनाई थियो।

‘विद्यमान अर्थतन्त्र। चूनौती छ। हर व्यापारिक कार्य गर्न चूनौती छ। अर्थतन्त्र अनौपचारिक रुपमा रुमल्लिएको छ। वैदेशिक सहायता आउन छाडेको छ। विप्रेषण कम आएको छ। आन्तरिक पुँजीबजार सबल हुन सकेको छैन। विकास र आयोजनाको गति धिमा छ। सबै योजनाहरु समयमै सकिन सकेको छैन,’ अर्थमन्त्री डा खतिवडाले थपे, ‘बजेट अनुशासन उल्घंघन भएकाले देशको ढिकुटी रित्तो छ। बिना शीर्षक बजेट छूटयाइएको छ। नेपालको लगानीको वातावरण सहज छैन। सन २०२२ मा विकासशिल राष्ट्र हुन असम्भव देखिएको छ। लगानीको आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र