संसदमा श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्रीले भने-देशको ढुकुटी रित्तो छ,आर्थिक संकट यसरी निम्तिदैछ



हाम्रो इकोनोमि

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको वर्तमान आर्थिक अवस्था र भबिष्यमा चाल्नुपर्ने रणनीतिसहितको श्वेतपत्र संसदमार्फत सार्वजनिक गरेका छन्।

उनले संसदमार्फत सार्वजनिक गरेको श्वेतपत्रमा मुलुकको विद्यमान अर्थतन्त्रको बारेमा जानकारी दिएका छन्। उनले अहिलेको अर्थतन्त्र चुनौतीपूर्ण भएको बताउँदै अर्थतन्त्र अनौपचारिक रुपमा रुमलिएको बताए।

खतिवडाले वैदेशिक सहायता आउन कम भएको र रेमिटेन्स समेत कम भएको बताए। बजेट अनुशासन उल्लघंन भएर देशको ढुकुटी रित्तो हुने अवस्थामा पुगेको अर्थमन्त्रीको भनाई थियो।

‘विद्यमान अर्थतन्त्र। चूनौती छ। हर व्यापारिक कार्य गर्न चूनौती छ। अर्थतन्त्र अनौपचारिक रुपमा रुमल्लिएको छ। वैदेशिक सहायता आउन छाडेको छ। विप्रेषण कम आएको छ। आन्तरिक पुँजीबजार सबल हुन सकेको छैन। विकास र आयोजनाको गति धिमा छ। सबै योजनाहरु समयमै सकिन सकेको छैन,’ अर्थमन्त्री डा खतिवडाले थपे, ‘बजेट अनुशासन उल्घंघन भएकाले देशको ढिकुटी रित्तो छ। बिना शीर्षक बजेट छूटयाइएको छ। नेपालको लगानीको वातावरण सहज छैन। सन २०२२ मा विकासशिल राष्ट्र हुन असम्भव देखिएको छ। लगानीको आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...