नवराज सिलवालले इयूलाई झापड हाने,प्रचण्डकी छोरी रेणुले यसरी मागिन् माफी



युरोपियन युनियन इयूको चुनावी प्रतिवेदनप्रति नेपालले चर्को विरोध गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले चर्को विरोध गरेपछि अन्य दलहरुले पनि सरकारको भनाइमा समर्थन गरेका छन् ।
यस सम्बन्ध एमालेका सांसद पूर्व डीआइजी नवराज सिलवाल पनि बोलेका छन् ।
उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘उनीहरूले पाठ सिक्नु जरूरी थियो र नेपाल सरकारले जनताको बलियो सरकार भएको अनुभुति पनि दियो। यूरोपियन युनिएनको पछिल्लो कदम अन्तर्राष्ट्रीय कानून र अभिसन्धि तथा प्रचलनको प्रतिकूल छ।’ इयूले संविधान विपरित खस–आर्यका विषयमा बोलेको थियो ।

उता समाचार संकलनका क्रममा महानगर पुगेका पत्रकारलाई समाचार संकलन गर्न रोकेको घटनाप्रति भरतपुर महानगरपालिकाले दुःख प्रकट गर्दै अब यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।

महानगरपालिकाले शुक्रबार यहाँ नेपाल पत्रकार महासंघसँग आयोजना गरेको संयुक्त छलफल कार्यक्रममा महानगरका प्रमुख रेनु दाहालले आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिने भन्दै दुःख प्रकट गरेकी छिन् ।

यही चैत १३ गते भरतपुर महानगरपालिकामा उद्योग वाणिज्य संघ चितवनको टोलीले करको विषयमा ज्ञापनपत्र बुझाउने क्रममा पत्रकारहरुलाई नगरप्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहकै रोहवरमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी र वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले गालीगलौजसहित दुव्र्यवहार गरी कार्यक्रमस्थलबाट बाहिर निकालिएको थियो ।
सोपश्चात् पत्रकारसँग सम्बद्ध संघसंस्थाले विज्ञप्ति निकाल्दै घटनाको भत्र्सना गरेका थिए ।

कार्यक्रममा प्रमुख दाहालले महानगर र पत्रकारबीचमा सुमधुर सम्बन्ध स्थापित गर्दै समाचार संकलनमा सहयोग पुयाएको बताए । सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी र वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले घटनाप्रति दुःख प्रकट गर्दै नियोजित नभएर आवेशमा आएको बताए ।

छलफलमा महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले अबका दिनमा समाचार संकलनमा सहज वातावरण सिर्जना गर्न आग्रह गर्दै यस्ता घटना दोहोरिन नहुने बताए ।
कार्यक्रममा पत्रकारले महानगरबाट सूचना संकलनमा कठिनाइ हुँदै आएको भन्दै जनप्रतिनिधि आएपछि थप समस्या हुनु दुःखद् भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र