धरहरा निर्माणको माग गर्दै प्रमलाई ज्ञापन



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूकम्पपछि भत्किएको धरहरा निर्माण गर्न माग गर्दै बिहीबार ‘हाम्रो राष्ट्रिय सम्पदा जोगाउँ, धरहरा बनाउँ’ स्थानीय संघर्ष समतिले हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत ‘मेरो धरहरा मै बनाउँछु’ अभियानलाई सफल पार्दै धरहराको निर्माणका लागि ज्ञापनपत्र बुझाइएको संयोजक वेदप्रकाश गौतमले जानकारी दिनुभयो ।

उनीहरुले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीका निजी स्वकीय सचिव उपसचिव युवराज दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा राष्ट्रिय सम्पदा धरहरा वरिपरि अन्य कुनै व्यापारिक भवन निर्माण गर्न नहुने र उक्त स्थललाई पर्यटकीयस्थल बनाइनुपर्ने माग पनि उल्लेख गरिएको छ ।

ज्ञापन बुझ्दै प्रधानमन्त्रीका निजी सचिव उपसचिव दाहालले ऐतिहासिक धरोहर धरहरा बनाउने स्थानीयको सकारात्मक कार्यलाई आफूले ज्ञापनपत्रमा उल्लेख गरिएका कुरालाई प्रधानमन्त्रीलाई जानकारी गराउने बताउनुभयो ।

धरहरा तत्काल बन्नुपर्ने माग गर्दै समितिले यही चैत ३ देखि ९ गतेसम्म हस्ताक्षर संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...