ओलीलाई उपेन्द्रले लगाए घुर्की,भारत जानु पहिले बोलाए सरकारमा जान्छौ नत्र जून घाम रहे सम्म ओलीको खेदो खन्छौ



प्रधानमन्त्री केपी ओली चैत २३ गते भारतको तीन दिने भ्रमणमा निस्कँदै छन्। सरकारले भ्रमणका लागि आन्तरिक गृहकार्य सुरु गरिसकेको छ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतालाई निर्णायक चरणमा पुर्याउने तयारी भइरहेको छ भने मधेशवादी दलहरु सरकार प्रवेशका लागि अन्योलग्रस्त छन्।

सरकारले संघीय समाजवादी फोरम र राजपालाई मन्त्री परिषद्मा ल्याउने प्रयत्न गरिहँदा पनि सफल भएका छैन।

वाम नेतृत्वको सरकारलाई समाजवादी फोरम र राजपाले समर्थन गरेपनि सत्तारोहणको अन्योल अझै कायम छ। संविधान संशोधनलगायत मुद्दा सम्बोधनका लागि लिखित समझदारी खोजिरहेका दुवै दलसँग पछिल्लो समय औपचारिक तथा अनौपचारिक वार्ता पातलिँदै गएको मधेशवादी दलका नेताहरु बताउँछन्।

सरकार–राजपाबीच लामो समयदेखि कुनै वार्ता नभएको बताउँछन् राजापा महासचिव केशव झा। उनका अनुसार प्रधानमन्त्रीले वार्ताको कुनै पहल नगरेपछि राजपा नेताहरु पनि चुपचाप बसिरहेका छन्।

‘एक हप्तादेखि सरकारसँग राजपाको कुनै वार्ता भएको छैन’, महासचिव झाले भने, ‘सायद आन्तरिक व्वस्तताका कारण प्रधानमन्त्रीले राजपासँग वार्ताका लागि पहल नगर्नु भएको होला।’

त्यस्तै गत शनिबार मात्रै प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सरकार प्रवेशका लागि वार्तामा बसेका फोरमका अध्यक्ष उपेन्द्र यादव सरकार प्रवेशका लागि भएको वार्तामा कुनै प्रगति नभएको बताउँछन्।

अध्यक्ष यादवले भने, ‘सरकार प्रवेशको विषय अगाडि बढेको छैन, हामी हाम्रा मुद्दामा प्रस्ट भएपनि सरकार अलमलमा देखिएको छ।’

प्रधानमन्त्रीको भारत भ्रमणअघि सरकारमा जाने अवस्था आउला? प्रश्नमा अध्यक्ष यादवले भने, ‘प्रधानमन्त्री भारत जानुअघि सरकारमा जाने नजाने भन्ने कुरा प्रधानमन्त्रीलार्इ नै थाहा होला।’

अध्यक्ष यादवका अनुसार संविधान संशोधनको मुद्दामा सरकारले लिखित सहमति गर्न चहेको छैन। सरकारलार्इ विश्वास गरेर राष्ट्रपति र प्रधानमन्त्रीको पक्षमा मतदान गरेको तर, सरकारले संविधान संशोधनको मुद्दामा लिखित सहमति गर्न नचाहेकाले सरकार प्रवेशमा ढिलाइ भएको यादवले बताए।

उनले भने, ‘प्रधानमन्त्री ओलीले चाहनु भयो भने भारत जानुभन्दा अगाडि हामी सरकारमा जान्छौं, चाहनु भएन भने सरकारमा कहिल्यै जाँदैनौं।’

त्यस्तै राजपा अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारी भने सरकारले संविधान संशोधनको समयसिमा तोकेर हस्ताक्षर र आफ्ना अन्य सर्तहरु पुरा गर्ने वित्तिकै सरकारमा जाने बताउँछन्। उनले अहिले सरकार प्रवेशका विषयमा राजपासँगका केही कुराकानी नभएकोले प्रधानमन्त्री भारत जानुअघि आफूहरु सरकारमा जाने सम्भावना नरहेको बताए।

सरकारमा प्रधानमन्त्री ओलीले मधेशवादी दलका लागि स्वास्थ्य मन्त्रालय र सहरी विकास मन्त्रालय छुट्याएका छन्। तर, मधेशवादी दलहरु आफ्ना मुद्दाहरु टुंगो नलागुन्जेल सरकारमा नजाने मुडमा छन्।

राजपाले थुनामा रहेका टिकापुर घटनाका मुख्य आरोपी एवं कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलार्इ सपथग्रहणको वातावरण मिलाउनु पर्ने शर्त राखेको छ।

प्रधानमन्त्री केपी ओलीले राजपा अध्यक्ष महन्थ ठाकुरलार्इ संसदमा राष्ट्रपति विद्यादेवि भण्डारी र आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै संविधान संशोधन लगाएत रेशम चौधरीलार्इ पनि संसदको सपथग्रहणको वातावरण मिलाउने आश्वासन दिएको राजपाका नेताहरूको दावी छ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितका ७ सुरक्षाकर्मीको हत्या भएको थियो। जिउँदै जलाएर र भाला हानेर सुरक्षाकर्मी हत्या गरिएको सो घटनामा प्रदर्शनकारीले २ वर्षे बालकको समेत ज्यान लिएका थिए। सोही घटनाका मुख्य आरोपीको रुपमा फरार चौधरीले राजपाबाट भुमिगत अवस्थामै चुनाव लडेका थिए।

आफू उक्त घटनामा संलग्न नभएको भन्दै घटनाको ३० महिनापछि फागुन १४ गते चौधरी कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए। उनी हाल काठमाडौंमै थुनामा छन्।

पहिले संविधान संशोधनको माग उठाउँदै आएको राजपाले पछिल्लो समय रेशम चौधरीसहितको रिहाइको मागलार्इ प्राथमिकताका साथ उठाइरहेको छ।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र