संघीय संसदमा राष्ट्रपतिको सम्बोधन, अब नेपालमा बिकासको ढोका खुल्यो



हाम्रो इकोनोमि

पहिलो पटक संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अब कुनै बहानामा मुलुकमा हिंसा हुन नहुने र समृद्धिका लागि एकजुट हुनुपर्ने बताएकी हुन् । ४१ प्रतिशत महिला सहभागिताले उत्साहबोध गरेको बताउँदै राष्ट्रपतिले नेपालका नयाँ परिवर्तनले अग्रगामी विकासमा जान प्रेरित गरेको बताइन् । राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकलाई पहिलो पटक सम्बोधन गरेकी हुन् ।

संसद् बैठक कक्षमा पुगेकी राष्ट्रपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए । राष्ट्रपतिलाई बग्गीमा राखेर संघीय संसद रहेको अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र लगिएको थियो । राष्ट्रपतिले संसदमा सम्बोधन गर्दा उपराष्ट्रपति नन्दबहादुर पुन पनि उपस्थित थिए । संघीय संसद भवनमा राष्ट्रपतिलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रिय सभाका उपाध्यक्ष र संसद सचिवालयका महासचिवले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...