निर्णय नमान्ने र मेरो गन्ति नगर्ने कर्मचारीलाइ कानुन बमोजिम भाटा हानेरै छोड्ने यस्तो छ लालबाबुको दाबी



हाम्रो इकोनोमि

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपालमा काम कम विदा धेरै भएकोले गर्दा विगतमा दिने गरिएको विदा कटौति गर्न लागिएको बताएका छन् । सार्वजनिक विदा व्यवस्थित गर्नुपर्ने भएकाले विदा कटौति गरिएको उनको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री
पण्डितले कामलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउनका लागि विदा कटौति गरिएको उनको भनाई छ ।

कतिपय धार्मिक समुदायका लागि भने विदा यथावत हुने पण्डितले जानकारी दिए । धर्म र जातसँग जोडिएका पर्वमा सरोकार भएकालाई मात्र विदा दिइने उनले बताए ।

“जुन विदा आवश्यक थिएन । त्यो विदा कटौति गरिएको हो । यो अहिलेको आवश्यकतअनुसारको निर्णय हो ।” पण्डितले भने ।सरकारको निर्णय नमान्ने कर्मचारी राष्ट्रसेवक हुन नसक्ने उनले बताए । कसैले व्यक्तिगत रुपमा सरकारको निर्णयको विरोध गर्नुको अर्थ नरहेको मन्त्री पण्डितले स्पष्ट पारे । सरकारले गरेको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने उनको दाबी छ ।

“सरकारको निर्णय ऐन कानुनसम्मत छ । जसरी पनि कार्यान्वयन गर्छु, गराउँछु । निर्णयबाट पछि हट्ने कुनै सम्भावना छैन । निर्णय नमान्नेहरुलाई निजामति कर्मचारी ऐन अनुसार अनुशासनको कारबाही गर्छु ।” पण्डितले भने ।
कर्मचारीले सरकारको निर्णयविरुद्ध गर्ने भनेको आन्दोलनको कुनै अर्थ नरहेको मन्त्री पण्डितको भनाई छ । सडकमा गुनासो गरेर हिँड्नुको कुनै अर्थ नरहने भन्दै मन्त्री पण्डितले आफूसँग अहिलेसम्म छलफल नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...