रारातालमा डुंगा चढेर तालको परिक्रमा गर्दै ओलीले यसरी गर्ने भए देशबासीका नाममा सम्बोधन



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।
नयाँ वर्षको अवसरमा उनले बैशाख १ गते मुगुको रारा तालबाट सम्बोधन गर्ने भएका हुन्।

कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न ओली बैशाख १ गते रारा ताल जाने भएकाले सोही स्थानबाट देशबासीका नाममा सम्बोधन गर्ने भएका हुन्। नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) को ७ औं महाधिवेशनलाई राजधानीमा उद्घाटन गर्दै ओलीले आफ्नो सम्बोधनका बारेमा जानकारी दिएका हुन्।

‘कर्णाली प्रदेशले आयोजना गर्ने पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुनेछु’, उनले भने,‘राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ।’

आफ्नो सरकार भिन्न नीति र गतीमा सञ्चालन हुने भन्दै ओलीले केहि वर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरल्याण्डजस्तो भन्ने दावी गरे। उनले सरकार जनताको सेवक भएकाले कसैलाई दमन नगर्ने बताए। ‘सरकार सेवक हो त्यसैले कसैलाई दमन गर्दैन तर जनतालाई दुःख दिने, आतंक फैलाउनेलाई छाड्दैन।’

सरकारका हरेक अभियान हमलाको शैलीमा अघि बढ्ने भन्दै उनले यसपाली आफैं एकजना बालिकालाई विद्यालय भर्ना गराउने र अरु जनप्रतिनिधिलाई पनि त्यसै गर्न लगाउने बताए।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...