यहाँ खाजा पाइन्छ भन्ने बोर्ड राखेर भित्र यौनधन्दा,नयाँ बसपार्कबाट युवतीसहित दुई पक्राउ



हाम्रो इकोनोमि

खाजाघरको आवरणमा कोठी चलाएर वेश्यावृत्ति धन्दा चलाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। नयाँ बसपार्कस्थित  न्यू पाल्पाली रानीमहल होटल तथा खाजाघरका सञ्चालक हेमन्त गैरे र सोनु राईलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले होटलमा काम गर्न भनेर राखेका युवतीहरुलाई जबर्जस्ती बेश्यावृत्तिमा लगाउने गरेको प्रहरीले जनाएको छ।

युवतीहरुको इन्छाबिना नै अपरिचित व्यक्तिहरुसँग सम्बन्ध राख्न लगाउने गरेका थिए। त्यसरी सम्बन्ध राख्न नमान्नेलाई युवतीलाई कुटपिट समेत गर्ने प्रहरीले जनाएको छ।
बेला बेलामा युवतीहरुलाई विभिन्न गेष्ट हाउसमा पठाउने गरेका थिए। एक दिनमा ५÷६ जनासँग सम्बन्ध राख्न लगाउने गरेको पीडित युवतीहरुले बताएका छन्।
निम्न आर्थिक अवस्था भएका गाउँका युवतीहरुलाई काम लगाइदिने भन्दै काठमाडौंमा ल्याएर उनीहरुले यस्तो धन्दामा लगाउदै आएका थिए।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...