यहाँ खाजा पाइन्छ भन्ने बोर्ड राखेर भित्र यौनधन्दा,नयाँ बसपार्कबाट युवतीसहित दुई पक्राउ



हाम्रो इकोनोमि

खाजाघरको आवरणमा कोठी चलाएर वेश्यावृत्ति धन्दा चलाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। नयाँ बसपार्कस्थित  न्यू पाल्पाली रानीमहल होटल तथा खाजाघरका सञ्चालक हेमन्त गैरे र सोनु राईलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले होटलमा काम गर्न भनेर राखेका युवतीहरुलाई जबर्जस्ती बेश्यावृत्तिमा लगाउने गरेको प्रहरीले जनाएको छ।

युवतीहरुको इन्छाबिना नै अपरिचित व्यक्तिहरुसँग सम्बन्ध राख्न लगाउने गरेका थिए। त्यसरी सम्बन्ध राख्न नमान्नेलाई युवतीलाई कुटपिट समेत गर्ने प्रहरीले जनाएको छ।
बेला बेलामा युवतीहरुलाई विभिन्न गेष्ट हाउसमा पठाउने गरेका थिए। एक दिनमा ५÷६ जनासँग सम्बन्ध राख्न लगाउने गरेको पीडित युवतीहरुले बताएका छन्।
निम्न आर्थिक अवस्था भएका गाउँका युवतीहरुलाई काम लगाइदिने भन्दै काठमाडौंमा ल्याएर उनीहरुले यस्तो धन्दामा लगाउदै आएका थिए।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...