पाँचतारे होटलमा पुगेर ओली कुर्लिएर भने यी-यी विरूद्ध अब हमला हुन्छ,नारा लगाउनेलाई सिधै हानिन्छ



प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयमै निरक्षरता समाप्त हुने दाबी गरेका छन्।

‘निरक्षरताका गीत थुप्रै सुन्याैं, अब निकट भविष्यमा निरक्षरता समाप्त हुन्छ,’ एमाले निकट श्रमिक स‌ंगठन जिफन्टको राजधानीमा ७औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘समाजिक पछाैटेपन हटाउँछाैं, खराब कुरा विरूद्ध अब हमला हुन्छ। हरेक खराब कुराविरुद्ध हमला हुन्छ। नारा र अभियान मात्र हाेइन, हमला गर्छाैं।’

उनले वैशाख ५ मा अाफैं पीछडिएकाे क्षेत्रमा पुगेर बालिकालाई विद्यालयमा भर्ना गर्ने बताए। भने, ‘सबैले एक बालबालिका भर्ना गर्ने अभियान चल्नेछ।’

सरकारमा आफूले नेतृत्व गरेको समयमा धेरै परिवर्त आउने संकेत गर्दै प्रधानमन्त्री ओलीले देशमा कोही पनि भोकै मर्ने अवस्था नआउने दोहोर्‍याए । उनले भने, ‘नेपालमा केही भाेकले मर्दैन, सरकारले त्यसको ग्यारेन्टी लिन्छ। अाउँदाे हिउँदबाट देशमा जाडाेले मान्छे मरेकाे सुन्नु पर्नेछैन।’

प्रधानमन्त्री ओलीले अर्को प्रसंगमा भने, ‘संविधान मान्दिन भनेर चन्दा उठाउँदैमा लाेकतन्त्र कमजाेर बन्दैन। सरकारले अब त्यसकाे प्रत्याभूत गराउँछ। देशकाे विवधतामा खेल्न खाेज्नेसँग हाेसियार हुनुपर्छ। मान्छे भिडाएर फाइदा लिने शक्तिसँग हाेसियार हुनपर्छ।’

यसैगरी प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशले घोषणा गरेको २०७५ सालको पर्यटन वर्षलाई सफल बनाउने उद्घोष समेत गरे। ‘कर्णााली प्रदेशले ०७५ साललाई पर्यटन वर्षका रूपमा मनाउछु भनेकाे छ, चैत ३१ गते म रारा जान्छु, म पहिलाे टुरिस्ट हुन्छु,’ उनले भने, ‘रारामा रात बिताएर वैशाख १ गते कर्णाली प्रदेशललाई पर्यटन वर्ष घाेषणा गर्नेछु।’

काठमाडौंको याक एन्ड यति होटलमा जारी जिफन्टकाे राष्ट्रिय सम्मेलन चैत १७ गतेसम्म चल्नेछ। सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी