‘कृ’ फिल्मका निर्माता चोरीको आरोपमा जेलमा कोचिए,१५ लाख क्षतिपूर्ति दिनु पर्ने यस्तो छ माग



हाम्रो इकोनोमि

गीत चोरीको आरोपमा मंगलबार पक्राउ परेका ‘कृ’ फिल्मका निर्माता सुवास गिरीसँग पुराना निर्माता तथा निर्देशक शम्भु प्रधानले १५ लाख रुपैयाँ क्षतिपूर्ति मागेका छन्।

निर्देशक प्रधानले प्रहरीमा जाहेरी दिएपछि गिरी मंगलबार पक्राउ परेका थिए। प्रधानले बनाएको फिल्म ‘सम्झना’को ‘उकालीमा अघि अघि’ बोलको गीत चोरेर ‘कृ’ मा राखिएको भन्दै उनले जाहेरी दिएका हुन्।

पक्राउ परेका निर्माता गिरीलाई मिलापत्र गराएर छुटाउन निर्माता, निर्देशक लगायतको टोली प्रहरी कार्यालयमा पुगेका छन्।

पहिले छलफल गर्दा निर्माता गिरीले क्षतिपूर्ति दिन अस्वीकार गरे पनि पक्राउ परेपछि भने क्षतिपूर्ति दिने बताएका छन्। सो क्रममा प्रधानले १५ लाख रुपैयाँ क्षतिपूर्ति मागेका हुन्।

दुई पक्षबीच अन्य कलाकारको रोहवरमा छलफल भइरहेको छ।

‘अहिले छलफल भइरहेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले भने, ‘सहमति भएन भने म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाउँछौं।’

निर्माता गिरीलाई मंगलबार बेलुका प्रहरी हिरासतमै राखिएको थियो। प्रधानले प्रतिलिपि अधिकार ऐन अनुसार कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...