बालुवाटारमा ओली–प्रचण्डबीच गोप्य वार्ता,यस्तो भयो सहमति
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। भेटमा पार्टी एकता भन्दा फरक विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा शान्ति प्रक्रियाका बाँकी विषयको टुंगो लगाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। सा्रोतका अनुसार देशको समृद्धिका लागि बन्द भएका र बन्द हुन लागेका उद्योगलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमासमेत दुई नेताबीच छलफल भएको छ ।
दुई पार्टीको एकताका विषयमा छलफल नगरी शान्ति प्रक्रियाका बाँकी विषय मिलाउने र समृद्धि कसरी हासिल गर्ने भन्ने सन्दर्भमा छलफल भएको हो । समृद्धिका लागि रोजगारी सिर्जना गर्नुपर्ने र रोजगारीका लागि उद्योग घन्दा सञ्चालन गर्नुपर्ने निष्कर्ष नेताहरुले निकालेका छने ।