यी हुन् एमाले छोडेर घामले ओइलिएको साग जस्तै भएका नेताहरु,किन फेरि एमालेमै फर्कदैछन् ?



कुनै बेला पार्टीमा प्रभावशाली भूमिकामा रहेका नेताहरु एमालेले लिएको नीतिको आलोचना गर्दै पार्टी परित्याग गरे । एमाले त्याग्नेहरु धेरै माओवादीमा प्रवेश गरे भने कतिपयले नयाँ पार्टी खोले ।
घुमिफिरी रुम्झाटार भनेझै दुई कम्युनिष्ट पार्टी एक हुने भएपछि उनीहरुले पुरानै पार्टीका नेताहरुसँग काम गर्नुपर्ने भएको छ ।

एमाले र माओवादीबीच पार्टी एकीकरणको सैद्धान्तिक सहमति भइसकेको छ भने केही दिनमै एकीकरणको घोषणा गर्ने तयारी छ ।

२०६४ सालको संविधानसभा चुनावमा रामचन्द्र झाले धनुषाबाट चुनाव जितेका थिए । २०६८ सालमा संविधानसभा विघठन भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरे ।

एमालेमा छदा मन्त्री बन्ने अबसर पाएका झा माओवादी नयाँ शक्ति हुँदै पुन माओवादीमा आएपछि दुईपटक चुनाव हारे । माओवादी केन्द्र एमालेमा एकीकरण हुने भएपछि झा ६ बर्षपछि फेरि एमाले बन्ने छन् ।

एमाले र माओवादी केन्द्रबीच केही समयभित्रै पार्टी एकता भएपछि बन्ने पार्टीमा उनीहरुले आफ्ना पूराना साथीहरुलाई भेट्ने छन् । कतिपय नेताहरुलाई भने पूरानो घरमा फर्किन अप्ठेरो परेको चर्चा हुने गरेको छ ।
एमालेबाट पटक पटक अबसर पाएकी उर्मिला अर्याल माओवादीमा प्रवेश गरिन् । एमालेमा छदा स्थानीय विकास मन्त्री समेत बनेकी अर्याल झासँगै फेरि एमाले बन्दैछिन् पार्टी एकताको नाममा ।

झा र अर्यालसंगै एमालेबाट माओवादी बनेका लक्की शेर्पा पनि यो सूचीमा थपिने छन् । एमालेबाट सांसद बनेकी शेर्पा अहिले माओवादीको कोटामा अष्ट्रेलियाको लागि राजदूत छन् । एमाले नेताहरु माओवादीमा प्रवेश गर्ने लहर चलेको समयमा डा डिल्लीराज खनाल पनि माओवादीमा प्रवेश गरेका थिए ।

एक पटक माओवादी प्रवेश गरेर एमाले फर्केका राधाकृष्ण मैनाली भने एमालेमा बेरोजगार छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसंगै झापा आन्दोलनमा सहभागि भएका आरके मैनाली अहिले निष्कृय जस्तै छन् ।
एमाले छाडेर संघीय समाजवादी पार्टी हुँदै संघीय समाजवादी फोरमका सचिव भएका अजम्बर काङमाङ माओवादी प्रदेश गरेका छन् । अशोक राइसँगै संघीय समाजवादी फोरममा लागेका विजय सुब्बा भने ‘मोहीयानी हक’ लाग्ने भन्दै केही समय अघि नै माउँ पार्टी मै फर्किए ।

जो एमाले छाडेर गुमनाम भए

राज्यसत्तामा एमाले हावी भइरहदा विगतमा एमाले छाडेका केही नेता भने यतिवेला गुमनाम जस्तै बनेका छन् । २०६४ सालमा सभासद् हुँदै गृहराज्यमन्त्री बनेका रिजवान अन्सारी एमाले भित्र उदाउँदो नेताकौ रुपमा स्थापित थिए ।

अशोक राइसँग मिलेर संघीय समाजवादी पार्टी बनाएका अन्सारी राइले उपेन्द्रसंग एकता गरेपछि अहिले गुमनाम भएका छन् । स्याङ्जाबाट पटक पटक चुनाव जितेका हितकाजी गुरुङ पासाङ शेर्पाहरुले खोलेको सामाजिक लोकतान्त्रिक पार्टीमा सहभागि भएको लोकन्तरले जनाएको छ । पासाङ नयाँ शक्ति पार्टीमा लागेपछि हितकाजी गुमनाम भए ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी