एआइजीको छोरालाई गोरु चुटाई चुट्ने इन्सपेक्टरसहित तीन प्रहरीमाथि यसरी लगाइयो सनासो



महानगरीय प्रहरी वृत्त दरबारमार्गका एआइजीका छोरामाथि कुटपिटको घटनामा प्रहरीकै गल्ती रहेको छानबिनमा खुलेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी रामकृपाल शाह नेतृत्वको छानबिन समितिले इन्सपेक्टरसहित ३ प्रहरीमाथि कारबाहीको सिफारिस गरेको छ।

गत चैत २ गते एआइजी कमलसिंह बमका छोरा सुगम र उनका साथीहरुमाथि महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरीले कुटपिट गरेका थिए। ठमेलमा ट्याक्सी चढ्ने क्रममा विवाद भएको विषयलाई लिएर प्रहरीले कुटपिट गरेका हुन्। कुटपिटबाट सुगमको अनुहारमा चोट लागेको थियो।

घटनाको विषयमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। समितिले घटनामा सुगम निर्दाेष रहेको र दरबारमार्ग वृत्तका प्रहरीको गल्ती देखाएको हो। समितिले सोमबार प्रतिवेदन बुझाएको छ।

सुगमले आफू एआइजीको छोरा हुँ भन्दा वृत्तका इन्सपेक्टर डिबी लिम्बूले प्रहरीको छोरा भनेर फुर्ती लगाएको भन्दै थप कुट्न दुई प्रहरीलाई निर्देशन दिएका थिए। भोलिपल्ट उनी एआइजीकै छोरा भएको थाहा पाएपछि उनीहरुले माफी मागेका थिए। इन्सपेक्टर लिम्बूलाई प्रहरी मुख्यालयले २ नम्बरमा गणमा तानिसकेको छ। वृत्तका २ जवानलाई पनि महानगरीय प्रहरी कार्यालय त्यहाँबाट हटाएर कारबाही सुरु गरेको छ। प्रहरीले कुनै पनि घटनामा कुटपिट गर्न नपाउने भएकाले सो घटनामा प्रहरीको गल्ती देखिएको एसएसपी शाहले बताए।

दोषी प्रहरीमाथि कारबाही सुरु भइसकेको महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द बताउँछन्। ‘यो प्रहरीको उदण्डताको पराकाष्ठा हो,’ उनले भने, ‘दोषी प्रहरीमाथि कडा कारबाही हुन्छ।’

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी