ओली भारत जानु अघी पार्टी एकता गर्ने भने पनि माओबादीका यी नेताले भने चित्त बुझ्दो नभए पार्टी एकता हुदैन



पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले चित्त बुझदो नभए पार्टी एकता नहुने बताएका छन् ।

रिपोर्टस क्लव नेपाल पाचँ नम्बर प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा रायमाझीले पार्टी एकता समान हैसियतमा मात्र एकता हुने बताए । उनले भने, ‘आफनो औकात अनुसारको हैसियतमा मात्र एकता गर्छौँ, सम्मानजनक र समान हैसियतले नभए पार्टी एकता हुँदैन ।’उनले सम्मानजनक हैसियता पार्टी एकता भइछाड्ने पनि सो क्रममा बताए ।

उनले विगतमा सरकार निर्माण गर्दा राजनितिक स्थीरता नभएकाले अहिले पुर्ण दुई तिहाई सहितको सरकार निमार्ण गरिएको भन्दै प्रतिपक्ष दलसँग पनि सहकार्य गरेर विकासका काममा अगाडी बढ्ने बताए ।
प्रतिपक्षले सहकार्य गर्ने जानकारी गराईसकेकोले वाम गठबन्धनपनि सहकार्य गर्न तयार भएको उनको भनाई थियो ।

अर्को प्रसंगमा उनले दुई देशबीचको सम्बन्ध गाढा बनाउनका लागि प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक हुने बताए । उनले नेपालको आन्तरिक मामलामा नबोल्न इयुलाई चेतावनी समेत दिए ।

सोहि कार्यक्रममा राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले ईयुले अर्कोको देशको विषयमा बोल्न जरुरी नरहेको बताए । उनले ईयुले बोलेको गम्भीर विषय भएको बताउँदै उनले प्रतिवेदन सच्याइनुपर्ने धारणा राखे ।
यसैगरी नेपालका लागी पुर्व भारतीय राजदुत तथा नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले प्रधानमन्त्रीको भारत भ्रमण दुवै देशको हितमा बन्नुपर्ने बताएका छन्

उनले भ्रमणलाई कुटनितिक तरीकाले आगाडी बढाउनु पर्ने भन्दै एक हातले तालि नवन्ने बताए । उनले भारत भ्रमण दुवै देशको चाहनाले भएकोले बताए ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी