यसरी हाने लालबाबु पण्डितले ३१ कर्मचारीलाई किक,माल खान पल्केकालाई कहाँ मिल्काईयो?



हाम्रो इकोनोमि

श्रम मन्त्री गोकर्ण विष्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा लालबाबु पण्डितको उदय भएसँगै भ्रष्ट र ठगेर खान पल्केका कर्मचारीहरुको सातो गएको छ ।
श्रम मन्त्रालयमा रहेर विचौलियाहरुसँग मिलेर ठगेर खान पल्केका हुन वा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा ‘अड्डा’ जमाएर बसेका ‘डन’ कर्मचारीहरु नै किन नहुन । यी र यस्ता भ्रष्ट कर्मचारीहरुको अहिले भागाभाग हुन थालेको छ ।

दोश्रो पटक सामान्य प्रशासनमन्त्री बनेका लालबाबु पण्डितका कारण अध्यागमनमा बसेर सेटिङ मिलाएर कुम्ल्याउदै आएका अध्यागमनका डनहरुको भागाभाग भएको छ ।
पहुँच र शक्तिका आधारमा श्रम,यातायात तथा अध्यागमनमा बस्दै आएका ३१ डन कर्मचारीहरुलाई हिजो मात्र सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको छ । ती कर्मचारीहरुलाई हिजै स्थानीय तहमा खटाइएको छ ।

सरुवा हुने अध्यागमनका कर्मचारीहरुमा गंगालाल जोशी, चुँडामणि केसी, चुँडामणि चापागाई, अर्जुन पौडेल, बसन्तबहादुर खत्री, प्रविण कोइराला, सुनिलकुमार अधिकारी, दिपकमणि पोख्रेल, माधवप्रसाद अधिकारी, भोजराज ऐडी, दिल्लीराम भट्टराईलगायतका ३१ जना रहेका छन् ।
यसरी सरुवा हुनेहरुमा प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृतसम्मका कर्मचारीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...