बाँसको भाटाले हानेर श्रीमतीको हत्या,श्रीमान विदेशमा श्रीमतीले अर्काको लोग्नेको घाटी रेटेर मारिन्



हाम्रो इकोनोमि

बाँसको भाटाले हानेर खोटाङमा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा बस्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१० का ६० वर्षीय मकरध्वज राईले ५० वर्षीया श्रीमती आइसरी राईको हत्या गरेका हुन् ।

घरायसी विवादमा सोमबार साँझ श्रीमान÷श्रीमतीबीच झगडा हुँदा श्रीमानले हानेको बाँसको भाटाले लागेर श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

“श्रीमतीले मादकपदार्थ सेवन गरेकी रहेछन् ।” उनले भने, “मातेको झोँकमा श्रीमानमाथि जाइलाग्दा श्रीमानले बाँसको भाटाले हान्दा उनको मृत्यु भएको खुल्न आएको छ ।”

घटनालगत्तै श्रीमान मकरध्वजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृत आइसरीको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल दिक्तेल पु¥याइएको आफन्तले जनाएका छन् ।

यता पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ मा एकजनाको हत्या भएको छ । गएराती बकैया वडा नंबर ७ निवासी सुर्य बहादुर स्याङ्तानको घरमानै हत्या भएको हो ।

गए राती हत्या भएको भन्ने खबर आएपछि बकैया वडा नंबर ३ मा रहेको हात्तिसुडे प्रहरी चौकिबाट गएको प्रहरी साहायक निरिक्षक जयप्रकाश पाण्डेको टोलीले हत्यामा संलग्न भएको भन्दै सुर्यबहादुरकी बुहारी ठुलिमाया स्याङ्तान र नातिनि मनिता स्याङ्तान लाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई गएराती २ बजेनै जिल्ला प्रहरी कार्यालय हेटौँडा ल्याइएको पाण्डेले बताए । हत्या किन गरिएको भन्ने कारण हालसम्म खुलेको छैन् । हत्या भएका सुर्यबहादुरका ५ जना छोरा रहेका छन् । उनीहरुमध्ये २ जना कामको शिलशिलामा विदेशमा छन भने ३ जना काठमाण्डौँमा रहेको प्रहरीले जनाएको छ । हत्याको आरोपमा पक्राउ परेकी ठुलिमायाको श्रीमान भने विदेशमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...