खुमबहादुर खड्काको अबस्था इन्तु न चिन्तु,कांग्रेसका दुई नेतालाई देउवाले भेट्न पठाए दिल्ली



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था बुझ्न र उपचारको व्यवस्थापनका लागि काँग्रेसका दुई नेता मंगलबार बिहान भारत गएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाउने निर्णय गरेअनुसार उनीहरु भारत गएका हुन् ।

काँग्रेस बैठकले खड्काको गम्भीर स्वास्थ्य स्थितिप्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गरेको छ ।

मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको उपचार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भइरहेको छ ।
उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलाई नयाँदिल्ली लगिएको हो ।

 

कांग्रेसको केन्द्रीय समितिको बैठकमा देउवालाई सराप्न छोडेर को-को गए खुमबहादुरलाई भेट्न दिल्ली?

नेपाली कांग्रेसका हक्की नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्थामा सुधार नआएपछि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक छाडेर महामन्त्री डा. शशांक कोइरालासहितका दर्जन नेता नयाँ दिल्ली पुगेका छन् ।

मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्य विग्रिएपछि एक महिनाअघि एपोलो अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । खड्कासँग भेट गर्नका लागि कसैलाई दिइएको छैन । उनको लिभरले काम गर्न नसकेको अस्पतालले जनाएको छ ।

आफन्तहरूका अनुसार उनको स्वास्थ्यमा कुनैपनि सुधार आउन सकेको छैन । कोइरालासहित उनको स्वास्थ्य बुझ्नका लागि कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी पनि आइतबार दिल्ली गएका छन् ।

उनको स्वास्थ्यअवस्था बुझ्नका लागि नेपाली कांग्रेस ललितपुर जिल्ला सदस्य मिनकृष्ण महर्जनलगायतका नेता दिल्ली पुगिसकेका छन् । तरूण दलका नेता तथा कार्यकर्ता पनि अस्पताल पुगेको बताइएको छ । ‘उनलाई छातीबाट पाइप लगाएर खाना खुवाइएको छ ।’, महर्जनले बताए ।

कांग्रेस नेताहरू देवन्द्रराज कँडेल, मीनकृष्ण महर्जन, तरुण दलका नेता महेश श्रेष्ठसहित अस्पताल परिसरमा रहेका छन् ।

यता, खड्काको स्वास्थ्यको कामना गर्दै भद्रकाली, दक्षिणकाली, काभ्रेपलाञ्चोकसहितका मन्दिरमा पूजाअर्चना गरिएको छ । नेपाल तरुण दलका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूले मन्दिरमा पूजाअर्चना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...