आरजु भाउजुलाई पैसा दिए पछी क-कसलाई टिकट बेच्नु भयो शेरबहादुर दाई भन्दै देउवाको यसरी झाँको झारियो



हाम्रो इकोनोमि

कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् । संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने तर्क गरिरहेको छ भने रामचन्द्र पौडेल पक्षसहितका नेताले हारको सम्पूर्ण दोष पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने तर्क गरिरहेका छन् ।

बैठकमा केन्द्रीय सदस्य बलबहादुर केसीले भने –

मेरो जिल्ला सोलुखुम्बुमा अहिलेसम्म कांग्रेसलाई भोट नहालेका व्यक्ति प्रदेश सभाका उम्मेदवार बनाइए । यसरी पैसाको चलखेल भएको छ । यसमा केन्द्रीय सदस्य र भाउजू (सभापतिपत्नी आरजुप्रति लक्षित गर्दै)को पनि हात छ भन्ने सुनिएको छ । पैसाको बलमा टिकट दिनु गम्भीर गल्ती हो । क–कसले कहाँबाट पैसा ल्याए ? पैसाका आधारमा कहाँकहाँ टिकट दिइयो ? हिसाबकिताब पाउनुपर्यो‍ । छानविन आयोग गठन गरेर स्थानीय तहदेखि केन्द्रसम्मको टिकटबारे स्पष्ट पार्नुपर्छ ।

शिवजीको गलामा साप बसेजस्तै अहिले सभापतिको गलामा पनि साँपहरू बसेका छन् । गरुडलाई देखेपछि यसरी बसेको साँप कता पुग्छन् कता । सभापतिको वरिपरी भएका सापहरू पनि यस्तै हुन् ।यस्तै कारण तपाई सभापति पनि सिध्निुहुन्छ ।

तपाईं (सभापति) प्राविधिक रूपमा मात्र चुनाव जितेको हो । प्रदेशसभामा दुवै उम्मेदवारलाई जिताउन सक्नुभएन । प्रधानमन्त्रीको सारा शक्ति प्रयोग गर्दा आफ्नै प्रदेशसभा र श्रीमतीलाई पनि चुनाव जिताउन सक्नुभएन । यसकारण तपाईंले व्यक्तिगत रूपमा मात्र निर्वाचन जित्नुभएको हो । अब सबै हारको दोष सभापतिले लिनुपर्छ । विधान विपरीत भएका संसदीय बोर्ड र कार्य सम्पादन समिति खारेज गर्नुपर्छ । महासमिति बैठक बोलाएर सबै कुराको छिनोफोनो गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...